Ad Area

समन्वय नहुँदा काम गर्न समस्या


घोराही, २९ कात्तिक ।

दाङका दश वटै स्थानीय तह र जिल्लास्थित विभिन्न सार्वजनिक निकायहरुको वार्षिक समिक्षा गरिएको छ । कार्तिक २८ र २९ गते दुई दिन गरिएको समिक्षा गोष्ठीमा जिल्लाभरका दश वटै स्थानीय तहसहित २० वटा संघ संस्थाहरुले आआफ्नो वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे ।

समिक्षा गोष्ठीमा सहभागि प्रतिनिधि र सार्वजनिक निकायका प्रतिनिधिहरुले पालिका पालिका बीच र कार्यालय कार्यालय बीच अहिले पनि समन्वयको अभाव भएको निष्कर्ष निकालेका छन् । प्रत्येक कार्यालयहरुमा एक अर्काविच समन्वय नभएको र प्रदेश तथा संघ सरकारका बीच पनि समन्वय हुन नसक्दा कतिपय काम प्रभावित हुने गरेको उनिहरुको भनाई थियो ।

जिल्ला समन्वय समिति दाङको आयोजनामा आईतबार र सोमबार दुई दिनसम्म चलेको जिल्ला स्तरीय वार्षिक समिक्षा गोष्ठीमा स्थानीय, प्रदेश र संघीय सरकारबीच सुमधुर समन्वय स्थापनाका लागि असल अभ्यासका कामलाई प्राथमिकता दिनुपर्ने निष्कर्ष निकालिएको छ । देश संघीयतामा गईसकेपनि विभिन्न पुरानै नीति नियमका कारण सेवा प्रवाहमा जटिलता थपिएको शिक्षा विकास तथा समन्वय ईकाईका निमित्त प्रमुख देवमणि चौधरीले बताए ।

संविधानले प्रदानका धेरै जसो अधिकार पूरा गर्न योजना बनेपनि काम हुन नसकेको उनको अनुभव थियो । सरकारका तीन वटा अंग स्थानीय, प्रदेश र संघमा समन्वयको अभाव हुँदा विकास निर्माणका कामहरुले समयमा गति लिन नसकेको सहरी विकास तथा भवन निर्माण कार्यालयका प्रतिनिधिले बताए । सबैको समन्वय भएमा राष्ट्रिय गौरवका आयोजनाहरुसंगै अन्य विकास निर्माणले गति लिने अवस्था भएपनि अहिले पनि नीति नियम, कार्य विधि र जनशक्ति अभाव र अन्तर कार्यालय बीचको समन्वय अभावमा समस्या निम्तिने अवस्था रहेको सहभागी कार्यालयहरुको भनाई थियो ।

‘समृद्ध दाङ बनाउने विषयमा होस वा नागरिकको जीवन सहज बनाउने सवालमा अब विगतमा देखिएको कमी कमजोरी औँल्याउँदै असल अभ्यासमा सबैले हातेमालो गर्नुपर्नेमा सबै तह, कार्यालय र निकायले महसुस गरेका छन् । काम गर्ने, गराउने भुमिकामा अन्यौल भएको, समन्वय सहकार्यको अभाव भएको देखिएको बेलामा अहिलेसम्मको अनुभवलाई आत्मसात गरेर सबैसँगको समन्वय स्थापनामा भूमिका बढाउन समन्वय समितिलाई आग्रह पनि गरिएको छ ।

Blog Post Ad

गरिएको कामले सार्थकता बेलैमा नपाउँदा तथा जनतामा समयमै गरिएका कामको प्रगति बारे जानकारी गराउन नसकिएको अवस्थामा विकास निर्माणका कामहरुमा नकारात्मक प्रभाव पर्ने सामाजिक विकास डिभिजन कार्यालयका प्रतिनिधिको भनाई थियो ।

आईतबार भएको पालिकाहरुको समिक्षा गोष्ठीमा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीलेले स्थानीय, प्रदेश र संघसँग समन्वय हुन कठिनाई भएको बताए । ‘हामी स्थानीय सरकारमा छाँै, हाम्रो भूमिका स्थानीय स्तरको हुन्छ’ कार्यक्रममा उनले भने ‘यहाँ समन्वय नहँुदा जनताको काम गर्न समस्या परिरहेको हुन्छ । समन्वय र सहकार्य कस्ले गर्ने भन्ने विषयमा पनि प्रश्न उठ्ने गरेको छ । ’

‘घोराहीकै एउटा सडकमा खाल्डाखुल्डी छ, आवतजावतमा समस्या परिरहेको छ, त्यो हेर्ने हाम्रो जिम्मेवारीमा पर्दैन । यसो भनेर हामीले सुःख पाउदैनौ, नागरिकहरुले हामीलाई गुनासो गर्नुहुन्छ, हामी ति काम पनि गर्छौ तर डुब्लीकेशन भईरहेको हुन्छ, यो कस्ले बुझ्ने ?’ समन्वय कसले गरिदिने हो समस्या यसरी आउँछ ।’ सिमित श्रोत र साधनमा रहेर स्थानीय तह चल्नु पर्ने र प्रदेश तथा संघसँग पनि समन्वय गरेर काम गर्नु पर्ने अन्य पालिकाहरुको भनाई थियो ।

समिक्षा गोष्ठीको समापन गर्दै जिल्ला समन्वय समिति प्रमुख जीतेन्द्रमान नेपालीले सबै संघ संस्था र पालिकाबीचमा देखा परेको समस्या र गरिएका असल अभ्यासले सबैलाई समस्या पहिचान गर्न सहयोग पुगेको बताए । उनले आगामी दिनमा योजना बनाउँदा र काम गर्दा अन्तर पालिका र संघसंस्थाहरुबीचमा समन्वय स्थापनाका लागि आफ्नो कार्यालयको तर्फबाट सार्थक पहल हुने बताए ।

जिल्ला स्तरीय समिक्षा गोष्ठीमा जिल्लास्थित १० वटै स्थानीय तह र २० वटा संघ संस्था र कार्यालयहरुले आर्थिक वर्ष २०७७–०७८ को आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्ने कार्यालय र संघसंस्थाहरुमा भूमि सुधार तथा मालपोत कार्यालय, भेटेरीनरी तथा पशु अस्पताल विज्ञ सेवा केन्द्र, जिल्ला भू संरक्षण कार्यालय, राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, आयुर्वेदिक अस्पताल बिजौरी, सडक पूर्वाधार विकास कार्यालय, संघीय सघन सहरी विकास तथा भवन निर्माण कार्यालय , सामाजिक विकास डिभिजन कार्यालय, कृषि ज्ञान केन्द्र घोराही, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, डिभिजन वन कार्यालय घोराही, डिभिजन वन कार्यालय लमही, प्रादेशिक सहरी विकास तथा भवन निर्माण कार्यालय, स्वास्थ्य कार्यालय दाङ, घरेलु तथा साना उद्योग कार्यालय, प्रदेश निर्वाचन कार्यालय, शिक्षा विकास तथा समन्वय ईकाई, महिला सामुदायिक सेवा केन्द्र, घोराही, ग्रामीण महिला उत्थान केन्द्र र सहकर्मी समाजले आफ्नो वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

यस्तै, आईतबार घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिका, राजपुर गाँउपालिका, बबई गाँउपालिका, राप्ती गाँउपालिका, गढवा गाँउपालिका, बंगलाचुली गाँउपालिका, दंगीशरण गाँउपालिका, शान्तिनगर गाँउपालिका, लमही नगरपालिकाको आर्थिक वर्ष २०७७-०७८ को वार्षिक समिक्षा गरिएको हो । दुई दिनसम्म चलेको गोष्ठीको सहजीकरण ईन्द्र डिसीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad