Ad Area

दाङमा टिप्परमा बस ठोक्किदा १७ जना घाइते


घोराही, ९ साउन । दाङमा यात्रुवहाक बस अनियन्त्रित भएर टिप्परमा ठोक्किदा १७ जना घाइते भएका छन् । घोराही–लमही सडक खण्डअन्तर्गत लमही नगरपालिका वडा नं. ६ स्थीत बेलदमारमा लमहीबाट घोराहीतर्फ आउँदै गरेको रा १ ख २०१७ नं. को बालुवा बोकेको टिप्परमा घोराहीबाट लमहीतर्फ जादै गरेको ग १ ख ९९७८ नं को बस ठोक्किदा १७ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक राजनकुमार गौतमले जानकारी दिनुभएको छ ।

प्रहरी नायव उपरिक्षक गौतमका अनुसार बसमा सवार २५÷२६ जनामध्ये १७ जना यात्रुहरु घाइते भएका छन् । घाइतेहरुको लमहीस्थीत लमही अस्पतालमा उपचार भइरहेको छ । प्रहरी नायव उपरिक्षक गौतमले भन्नुभयो,‘घोराहीबाट लमहीतर्फ जाँदै गरेको यात्रुबाहक बस बेलदमारस्थीत टिप्परसँग ठोकिदा १७ जना यात्रु घाइते हुनुभएको छ । उहाँहरुको उपचार भइरहेको छ ।’ बस चालक स्मित डिसीलाई प्रहरी नियन्त्रणमा लिएर घट्नाबारेमा अनुसन्धान गरिरहेको प्रहरी नायव उपरिक्षक गौतमले जानकारी दिनुभयो ।

गौतमका अनुसार दुर्घटनामा दुर्घटनामा राजपुर गाउँपालिका–७ लैबरूवा निवासी ५० बर्षीय रिता बिक, भारतमध्य प्रदेश शिवाजी नगर भुषाल निवासी २७ बर्षीय सनि बिष्ट, तुलसीपुर उपमहानगरपालिका–१६ निवासी ४२ बर्षीय हेमबहादुर बस्नेत, गढवा गाउँपालिका–४ निवासी ३१ बर्षीय भम्भु चौधरी, रोल्पा रुन्टिगढी गाउँपालिका–६ निवासी ५२ बर्षीय ईन्द्रसिंह घर्तीमगर घाइते भएका हुनुभएको छ ।

त्यसैगरी राप्ती गाउँपालिका–५ निवासी २६ बर्षीय प्रमिला चौधरी, घोराही उपमहानगरपालिका–१४ निवासी एसिका परियार, सोही ठाउँ निवासी १७ बर्षीया की खुसी परियार, ४६ बर्षीया रामकली बिक, घोराही– ४ निवासी १९ बर्षीय हिरा बुढामगर, तुलसीपुर उपमहानगरपालिका–१३ निवासी ७७ बर्षीय बिजुलीबहादुर घर्तीमगर, लमही नगरपालिका–९ निवासी ३० बर्षीय ओवीराम कुमाल, घोरारी उपमहानगरपालिका–७ निवासी ४६ बर्षीय कल्पना थापा, राजपुर गाँउँपालिका–७ निवासी ६७ बर्षीय भद्रिकला घर्तीमगर, सोही ठाउँ निवासी ज्ञानेन्द्र घर्तीमगर, राप्ती गाउँपालिका १ निवासी ३८ बर्षीय सागर बुढाथोकी र बर्दिया बाँसगढी नगरपालिका–४ निवासी ३३ बर्षीय हिरालाल अधिकारी घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव निरिक्षक गौतमले जानकारी दिनुभएको छ ।

Blog Post Ad Blog Post Ad