Ad Area

भिएन क्याम्पस प्रमुख सुबेदीद्वारा पदभार ग्रहण


घोराही, १९ साउन । स्पान नेशनल कलेज प्रालिद्वारा संचालित भिएन क्याम्पस घोराही दाङका क्याम्पस प्रमुख मदन सुबेदीले पदभार ग्रहण गर्नु भएको छ । कलेजमा शुक्रबार एक कार्यक्रमबीच उहाँले पदभार ग्रहण गर्नुभएको हो ।

कलेजका अध्यक्ष प्रकाश देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नवनियुक्त क्याम्पस प्रमुख सुबेदीले कलेजलाई सबैको साथ सहयोगबाट उत्कृष्ट शैक्षिक गन्तव्यका रुपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । यही बैशाखमा उहाँ क्याम्पस प्रमुखको जिम्मेवारमा आउनुभएको हो ।

स्पान नेशनल कलेज प्रालिका अध्यक्ष देवकोटाले गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले कलेज स्थापना गरिएको बताउनुभयो । उक्त कलेजमा बिएड , बिबिएस र एमएड तहका पढाइ हुने गरेको उहाँले बताउनुभयो ।

भिएन कलेजको नामबाट संचालित कलेजले यो वर्षदेखि स्पान नेशनल कलेजको नामबाट आफ्ना शैक्षिक गतिविधि सन्चालन गरिरहेको अध्यक्ष देवकोटाले बताउनुभयो । प्राध्यापक यज्ञ महराको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्राध्यापक रोशन देबकोटाले गर्नुभएको थियोे ।

Blog Post Ad Blog Post Ad