Ad Area

खोलामा बगेका वृद्ध मृत फेला


घोराही,२८ साउन । दाङमा खोलाले बगाएर बेपत्ता हुनुभएका ६४ वर्षीय वृद्धको शव फेला परेको छ ।

पत्रे खोलाले बगाउँदा बेपत्ता हुनुभएका घोराही उपमहानगरपालिका–११ भmमरे निवासी ६४ बर्षीय तिलकराम विकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक राजनकुमार गौतमले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार आइतवार विहान करिव साढे ८ बजेतिर घर नजिकै रहेको पत्रे खोलाले बगाउँदा बेपत्ता हुनुभएको थियो । प्रहरी नायव उपरिक्षक गौतमले भन्नुभयो,‘घरमा सौचालय नभएका कारण दिशा गर्न खोला गएको समयमा विक बग्नुभएका विक दिउँसो मृत अवस्थामा भेटिनुभएको छ ।’

उहाँका अनुसार शव घोराही उपमहानगरपालिका–९ तेघरास्थीत हापुर खोलामा जंगलमा घोप्टो परेको अवस्थामा फेला परेको थियो ।

Blog Post Ad Blog Post Ad