Ad Area

दाङमा पत्रे खोला बगाउँदा वृद्ध बेपत्ता


घोराही, २८ साउन । दाङमा खोलाले बगाउँदा ६४ वर्षीय एक वृद्ध बेपत्ता हुनुभएको छ । घोराही उपमहानगरपालिका–११ झमरे निवासी ६४ बर्षीय तिलकराम विकलाई पत्रे खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक राजनकुमार गौतमले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार घर नजिकै रहेको पत्रेखोलाले विकलाई विहान साढे ८ बजेतिर बगाएको थियो । प्रहरी नायव उपरिक्षक गौतमले भन्नुभयो,‘घरमा सौचालय नभएका कारण दिशा गर्न सधै खोला जाने गर्ने गरेका थिए, त्यहीक्रममा आज खोला गएको समयमा विकलाई खोलाले बगाएको भन्ने खुलेको छ ।

अहिले बेपत्ता विकको खोजी कार्य भइरहेको छ ।’ बेपत्ता विकको खोलीका लागि प्रहरी परिचालन भएको प्रहरी नायव उपरिक्षक गौतमले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad