Ad Area

ज्ञानसँगै सीप सिक्दै विद्यार्थीहरु


दाङ, २ भदौ । दाङको एक विदालयका विद्यार्थीहरु शैक्षिक ज्ञानसँगै जीवनोपयोगी सीप सिक्दै आएका छन् । जिल्लको घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्थित पर्ल एकेडेमीका विद्यार्थीहरुले विद्यालयमा किताबी ज्ञान मात्र आर्जन गर्दैनन् व्यावहारिक सीप पनि सिक्न थालेका हुन् ।

विद्यार्थीलाई शैक्षिक ज्ञान प्रदान गर्दै आएको विद्यालयले साप्ताहिक रुपमा जीवनोपयोगी सीप सिकाउन थालेको हो । अहिले विद्यार्थीहरु दुनाटपरी गास्ने, हाउस वेयरिङ गर्ने, बत्ती काट्ने लगायतका सीप सिक्दै आएका छन् । हरेक शुक्रबार विद्यार्थीहरु यस्ता सीप सिक्दै आएका छन् ।

‘विद्यार्थीलाई शैक्षिक सिकाइसँगै व्यावहारिक सीप सिकाइ पनि आवश्यक छ । पढ्न लेख्न जान्ने तर सामान्य घरायसी काम नजान्ने समस्या छ । पढेलेखेकाले पनि सामान्य घरायसी काम जान्नु पर्दछ । सीप सिक्नु पर्दछ भन्ने मान्यताका साथ हामीले सीप सिकाइलाई प्राथमिकता दिएका हौँ ।’ प्रिन्सिपल दोर्ण पोख्रेलले थपे, ‘शुक्रबार बुक लेस गराउने हाम्रो उद्देश्य हो । हरेक शुक्रबार विद्यार्थी विद्यालयमा व्यावहारिक सीप सिक्न आउने सिस्टमको विकास गर्न थालेका छौँ ।’

सधैै किताबी पाठ्यक्रममा घोटिएका विद्यार्थी शुक्रबार व्यावहारिक सीपमा तल्लीन हुँदा उत्साहित देखिन्छन् । ‘सधै किताब मात्र पढ्दा कहिलेकाहीँ त बोर नै लाग्ने गदृथ्यो । हप्तामा एक दिन कुनै न कुनै सीप सिक्न पाउँदा म खुशी मात्र होइन पढाइसँगै सीप आवश्यक रहेछ भन्ने महसुस भएको छ ।’ हाउस वेयरिङको सीप सिक्दै गरेका कक्षा १० छात्र माधव चौधरीले थपे, ‘ अब त घरमा वेयरिङ सम्बन्धी कुनै समस्या आए आफै निर्माण गर्न सक्छु । सामान्य समस्या आए पनि प्राविधिक खोज्नु पर्ने समस्या टरेको छ ।’

शुक्रबारको दिन स्कुलको वातावरण नै फरक देखिन थालेको छ । पाठ योजनासहित कक्षा कोठामा जाने शिक्षकहरु पनि विद्यार्थीहरुलाई सीप सिकाउन व्यस्त देखिन्छन् । सधैं कक्षाकोठाभित्र बसेर पाठ्यक्रमभित्रका ज्ञान आर्जन गर्ने विद्यार्थीहरु शुक्रबार सीप सिक्न तल्लीन देखिन्छन् । कोही बत्ती काट्मा व्यस्त देखिन्छन् कोही कसको दुना टपरी चिटिक्क परेको छ भनेर दाँज्न थालेका देखिन्छन् ।

टपरी गास्न व्यस्त रहेकी कक्षा ६ मा अध्ययनरत छात्रा शिखा झाँक्री मगरले भनिन्, ‘दैनिक जीवनमा प्रयोग हुने सीप विद्यालयमा आएर सिक्न पाउँदा हामी निकै खुशी छौँ । विद्यालय ज्ञानको थलो मात्र नभएर सीपको थलो पनि रहेछ । हाम्रो दुना टपरी निर्माण गर्ने सीप सिक्दै गर्दा प्लाास्टिकको प्रयोगलाई न्यूनीकरण पनि गर्न सकिन्छ भन्ने लागेको छ ।’

Blog Post Ad

‘विद्यार्थीलाई पाठ्यक्रमको ज्ञानसँगै जीवनोपयोगी सीप पनि सिकाउन आवश्यक ठानेर हामीले हरेक शुक्रबार विद्यालयमा बुक लेस गर्नुपर्छ भन्ने सोच बनाएका छौँ । सप्तान्तमा अर्थात् शुक्रबारलाई सीप सिकाइको दिन बनाउन थालेका छौँ । व्यावहारिक सीप सिक्न विद्यार्थीहरु निै उत्साहित देखिएका छन् ।

अहिले हामीले हाउस वेयरिङ गर्न, कपासको बत्ती बनाउन तथा दुनाटपरी निर्माण गर्न सिकाउँदै आएका छौँ, सिकाइका विधा पनि बिस्तार गर्दै लैजाने छौँ ।’ विद्यालयका कोर्डिनेटर पदम गिरीले थपे, ‘हाम्रा बालबालिकाले दुध केले दिन्छ भन्दा डेरीले भन्न थालिसके । कम्तीमा हामीले हाम्रा बालबालिकालाई भैंसी र गाई चिनाउन सक्नुपर्छ ।’

Blog Post Ad Blog Post Ad