Ad Area

लुम्विनी प्रदेश क्रिकेट संघमा नयाँ नेतृत्व, सचिवमा दाङका रोका निर्वाचित


दाङ,११ भदौ । लुम्बिनी प्रदेश क्रिकेट संघमा नेतृत्व निर्वाचित भएको छ । नवलपरासी जिल्लाको भुमहीमा भएको लुम्बिनी प्रदेश क्रिकेट संघको दोस्रो अधिवेशन तथा वार्षिक साधारणसभाले संजय गुरुङको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसहमत चयन गरेको हो ।

संघको सचिवमा दाङका कैलाश रोकामगर निर्वाचित भएका छन् । लामो समयदेखि क्रिकेट खेलको विकासका लागि संक्रिय रोकामगर लुम्विनी प्रदेश क्रिकेट संघको दोश्रो अधिवेशनबाट सचिवमा निर्वाचित भएका हुन । रोकामगर यसअघि नेपाल क्रिकेट संघका लुम्विनी तथा कर्णाली प्रदेश खेलाडी छनोट समितिका संयोजक रहेका थिए ।

संघको उपाध्यक्षमा बिनय राजभण्डारी, कोषाध्यक्षमा राजेश श्रेष्ठ, सदस्यमा बालकृष्ण खत्री, मेराज अनसारी, अनिश कुवर, धिरज अधिकारी, प्रथम पराजुलीलगायतका निर्वाचित भएका छन् । दाङबाट सचिवमा रोकामगर र सदस्यमा बालकृष्ण खत्री प्रदेशस्तरीय टिममा पर्न सफल भएका हुन ।

Blog Post Ad Blog Post Ad