Ad Area

गौहत्याको विरोधमा घोराहीमा शान्तिपूर्ण सद्भाव ¥याली गरिने


दाङ,११ भदौ । धरानमा भएको गौहत्याको विरोधमा दाङमा शान्तिपूर्ण सद्भाव ¥याली हुने भएको छ । देशभक्त नेपाली जनता दाङको आयोजनामा यहि भदौको १३ गते घोराहीको डिकेचोकबाट शान्तिपूर्ण सदभाव ¥याली हुने भएको छ ।

देशभक्त नेपाली जनता दाङले सोमवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर भदौको १३ गते शान्तिपूर्ण सद्भाव ¥याली गर्न थालेको जानकारी दिएको हो । हिन्दु धर्मप्रति भइरहेको आक्रमणको विरोधसँगै गौ संरक्षणका लागि आयोजना गरिएको शान्तिपूर्ण सद्भाव ¥यालीमा राष्ट्रिय प्रजातन्त्र पार्टीसँगै २३ वटा विभिन्न संघसस्थाको सहभागीता हुने देशभक्त नेपाली जनता दाङका संयोजक किशोर न्यौपानेले जानकारी दिएका छन् ।

उनका अनुसार डिके पेट्रोल पम्पबाट सुरु भएर बजारका विभिन्न भागहरुको परिक्रममा गर्दै घोराहीको भानुचोकमा विरोधसभा गरिने भएको छ । उक्त सद्भाव ¥यालीमा सात सय बढीको सहभागीता रहने आयोजकले जानकारी गराएका छन् । पत्रकार सम्मेलनको सहजीकरण यादव श्रेष्ठले गरेका थिए ।

Blog Post Ad Blog Post Ad