Ad Area

फेरि बढ्याे पेट्रोलियम पदार्थको मूल्य, ग्यासमा २३५ वृद्धि


दाङ, १४ भदौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँ र डिजेल/मट्टितेलमा ३ रुपैयाँ बढाइएको हो ।

खाना पकाउने ग्यासमा भने एकैपटक २३५ रुपैयाँ मूल्य बढेको आयल निगमले बिहीबार साँझ विज्ञप्तिमार्फत जनाएको छ ।
नयाँ मूल्य अनुसार ग्यास प्रतिसिलिन्डर १ हजार ८९५ पुगेको छ । यसअघि ग्यास सिलिन्डरको १ हजार ६६० थियो । पेट्रोल प्रतिलिटर १८२ र डिजेल/मट्टितेल प्रतिलिटर १७० पुगेको छ । यसअघि पेट्रोल १७८ र डिजेल/मट्टितेल १६७ रुपैयाँ थियो ।

वृद्धि भएको मूल्य आज मध्यरातिदेखि नै लागू हुनेछ ।

Blog Post Ad Blog Post Ad