Ad Area

दाङ उवासंघको निर्वाचनमा जोशीलाई अध्यक्षको उम्मेदवार बनाउने संघको निर्णय


घोराही,२१ भदौ । दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा बसन्त जोशीलाई उम्मेदवार बनाउने प्रजातान्त्रिक उद्यमी संघले निर्णय गरेको छ । विहीवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर संघले आकांक्षीहरु मध्येबाट जोशीलाई सर्वसहमत अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको जानकारी गराएको हो ।

अध्यक्षका आकांक्षी पाँच जना मध्ये उद्योग बाणिज्य संघमा सिनियर अहिलेका वरिष्ठ उपाध्यक्ष नरेश कार्की भएपनि उहाँले कार्यव्यस्ता कारण नभ्याउने बताएपछि संघले आकांक्षी मध्येमा दोश्रो बरियतामा रहेका जोशीलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको प्रजातान्त्रीक उद्यमी संघ दाङका अध्यक्ष कालीबहादुर खत्री ‘मानु’ जानकारी दिएका छन् । उनले बाँकी उम्मेदवारहरुको विषयमा पनि छलफल भइरहेको भन्दै केही दिनमा सार्वजनिक गरिने बताएका छन् ।

उम्मेदवारका आकांक्षीहरुमध्ये सिनियरसँगै व्यवसायीक हकहितका लागि लागी पर्ने जोशीको नेतृत्वमा निर्वाचनमा जाने सर्वहमत निर्णय गरेको प्रजातान्त्रिक उद्योमी संघका वाणिज्य उपाध्यक्ष छबि नारायण गिरीले जानकारी दिए । त्यसका लागि प्रजातान्त्रिक उद्योमी संघले सोमबार नेपाली कांग्रेस दाङ, नेपाली कांग्रेस क्षेत्र नं. २, प्रदेश सभा कार्यसमिति , नगर कार्यसमिति र वडाका सभापति तथा प्रतिनिधिसंगै अग्रज व्यवसायीक नेताहरुसँग छलफल गरेर जोशीलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको उपाध्यक्ष गिरीले बताएका छन् ।

पार्टीले दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनका लागि प्रजातान्त्रिकको उम्मेदवारी चयन गर्न संघलाई जिम्मा दिएपछि संघले सम्पूर्ण कार्यसमिति,सल्लाहकार,आकांक्षी पाँच जना र व्यवसायीहरुसँग सल्लाह गरेर निर्णय गरिएको संघका महासचिव श्रीधर धितालले बताएका छन् । अरु पदमा केही दिनमा कार्यसमितिको बैठक बसेर निर्णय गर्ने र निर्वाचनमा सर्वसहमतीमै नेतृत्व चयनका लागि समेत छलफल गरिरहेको बताए ।

उनले अध्यक्षसँगै बहुमत सदस्य पाउने अवस्थामा मात्र सर्वसहमत वा अन्य व्यवसायीक संघ÷संगठनहरुसँग सहकार्य वा मिलेर जान सकिने बताएका छन् । जोशी २०७१ सालमा उद्योग सदस्य र २०७४ मा उद्योग उपाध्यक्ष पदमा बसेर काम गरिसकेका छन् । दाङ जिल्ला उद्योग बाणिज्य संघको आउने असोज १३ गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुन थालेको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad