Ad Area

सोलिस ट्याक्टर खरिद गर्दा टकमानले पाए सुन उपहार


दाङ,२१ भदौ । जापानिज प्रविधिद्धारा निर्मित सोलिस ट्याक्टरको खरिद गर्दा लुङ्ग्री गाउँपालिका–७ निवासी टकमान सार्कीले सुन उपहार पाएका छन् ।

उनले सोलिस ५७२० ४ धम को ट्याक्टर खरिद गर्दा सुनको चन्द्रहार सेट उपहार पाएका हुन् । सोलिस महोत्सव अन्तर्गत ट्याक्टर खरिद गर्दा सुनसँगै एक वर्षको निशुल्क विमा पनि पाएको सोलिस ट्याक्टरका राप्ती अञ्चलका लागि आधिकरीक विक्रेता अल्फा इन्टरेनशल प्रालीका प्रबन्धक मधुसुदन डाँगीले जानकारी दिएका छन ।

उनका अनुसार सोलिस ट्याक्टरले हरितालिका तीज, विश्वकर्मा पुजा, विजया दशमी, दिपावली र छठ पर्व लक्षीत सुन जित्ने अफर ल्याएको छ । जहाँ ग्राहकले सोलिस ट्याक्टर खरिद गर्दा ५० हजार बढीको चन्द्रहारको उपहार पाउँनेछन् भने एकवर्षको विमा र राजस्व छुट, हाइड्रलिक ट्ली र विभिन्न खालको आर्कषक उपहारहरु पाउन सक्नेछन् । यो अफर भदौ १० देखि कार्तिक ३० गतेसम्म चल्ने उनले बताए ।

डाँगीका अनुसार सोलिसको ६०२०, ५७२०, ५२२० र ४७२० मोडलका ट्रायाक्टर उपलब्ध रहेका छन् । उनले सोलिसका टेक्ट्ररमा सजिलो र आरामदायी सिन्क्रोमेस गीएर बक्स, एरो डाइनोमिक डिजाइन, डिराएल एलइडि लाइट, प्रोजेक्ट हेड लाइट, हाइड्रोलिक लिफ्ट क्षमतालगायतका विषेशता रहेको जानकारी दिए ।

Blog Post Ad Blog Post Ad