चन्द्रवीर : सन्तानका खातिर एउटा बाबुले गरेको संघर्षको कथा
दाङ । भारतको एउटा विकट गाउँ । मजदुरी गरेर गुजारा गर्ने दशरथ माझीले भर्खरै विहे गरेका हुन्छन् । श्रीमती फगुनी देवीलाई उनी अथाह प्रेम गर्छन् । माझीको त्यो सुन्दर जीवनमा एकदिन यस्तो मोड आइदिन्छ, जसले उनको जिन्दगीको लय नै मोडिन्छ ।
घर नजिकैको चट्टानी पहाड पार गर्नेक्रममा उनकी श्रीमती बाटोमै लड्छिन् र ज्यान गुमाउँछिन् । त्यतीबेला उनी गर्भवती हुन्छिन् । श्रीमतीको मृत्युपछि माझी पत्नी विगोग डुब्छन् । र, त्यही पीडा भुलाउन उनले एउटा अचम्मको प्रण गर्छन् – चट्टानी पहाड फोडेर बाटो बनाउँने ।
हथौडाका भरमा उनी एक्लै पहाड फोड्न निस्कन्छन् । त्यो देखेर गाउँलेहरु उनलाई पागल भन्छन् । गिज्जाउँछन्, उडाउछन् । तर उनी कसैको केही सुन्दैनन् । ‘जब तक तोड्ग्गें नही तब तक छोडेगें नही’– २२ वर्षसम्म उनी एक्लै चट्टान फोडिरहन्छन् । अन्नतः उनले पहाड पल्टाएर बाटो बनाइ छोडन् । पछि त्यही बाटोले माझीको विकट गाउँ शहरसँग जोडिन्छ ।
कालान्तरमा उनै माझी भारतमा ‘माउँन्टेन म्यान’ भनेर चिनिए । भारतमा उनीमाथि फिल्म नै बन्यो, ‘माझी ः द माउन्टेन म्यान’ । कलाकार नवाजुद्दीन सिद्दीकीले माझीको भूमिका निभाएको त्यस चलचित्रमा उनले २२ वर्षसम्म पहाड फोड्न गरेको संघर्षलाई देखाइएको छ ।
यो कथा चाही माझी जस्तै अर्का माउन्टेन म्यानको हो । अर्थात चन्द्रबीरको हो । माझीले जस्तै दाङ तुलसीपुरका चन्द्रबीर वलीले पनि एक्लै पहाड फोडेर बाटो बनाए । तर पत्नी वियोगमा होइन । बरु उनले त आफ्ना ६ जना दुष्टीबिहिन सन्तान र श्रीमतीका खातिर पहाड खनेर बाटो बनाए । त्यो पनि ७२ वर्षको उमेरमा । चन्द्रविरको कथा, सन्तानका खातिर एउटा बाबुले गरेको संघर्षको कथा हो ।
…..
सानैमा भारत छिरेका उनको वैंशका दिन पनि परदेशमै वित्यो । घर फर्कदा उनी ४८ वर्षका थिए । त्यतिञ्जेल उनले विवाह गरेका थिएनन् । घर फर्केपछि उनले गाउँकै एकजना दृष्टीबिहिन महिलासँग बिहे गरे ।
विहेपछि उनी श्रीमतीसँगै सल्यानबाट झरेर दाङ तुलसीपुरको सात तल्ले भन्ने ठाउँमा आएर बस्न थाले । उनले त्यही घरगृस्थी सुरु गरे । बिहे गरेको केही वर्षपछि उनको पहिलो सन्तान जन्मिए । तर दृष्टीबिहिन । त्यसपछि अरु ५ सन्तान जन्मिए, तर सबै दुष्टीबिहिन । घरमा श्रीमती सहित आठ जनाको दृष्टिबिहिन परिवार भयो । ‘दुःख जति मैले पाउँन लेखेको रहेछ’ लामो सुस्केरा हाल्छन् उनी । संयोगले उनका कान्छा छोरा भने सांगो जन्मिए । अर्थात उनी चाही आँखा देख्थे । चन्द्रविरको अध्यारो परिवारमा एउटा उज्यालोको किरण देखा प¥र्याे । उनले भग्वान सम्झिए ।
चन्द्रबीरको घर बीच जंगलमा । चारैतीर सन्नाटा । जंगली जनावरको बिगबिगी । तर सबैभन्दा ठूलो समस्या थियो, बाटो । उनको घरसम्म पुग्ने बाटो थिएन । जंगलको भिरालो बाटो भएर हिड्नुपथ्र्याे । चन्द्रवीरलाई त खास समस्या थिएन, तर उनका दुष्टीबिहिन श्रीमती र सन्तानलाई हिडडुल गर्न गाह्रो हुन्थ्योे । जसैजसै सन्तान हुर्कदै गए, चन्द्रबीरलाई लाग्दै गयो– बाटो नबनाए सन्तानले दुःख पाउँनेछन् । ‘म त मरेर गइ जाउँला तर मेरा दृष्टिबिहिन सन्तानले जीवन भर दुख पाउँने भए ।’– चन्द्रबीरलाई दिनरात यही पिरले खान थाल्यो ।
यता, ढिलो विहे गरेकाले सन्तान हुर्काउदा हुर्काउँदै उमेर घर्किसकेको थियो । गाला चाउरी सकेका । ‘ढिलो ब्या गरियो हजुर, छोराछोरी जन्माउँदा हुर्काउदा उमेर गएको पत्तै पाइन ।’ उनी भन्छन् । उमेर घर्किए पनि उनीसँग पाखुरीमा बल बाँकी थियो । त्यसपछि चन्द्रबिरले ७२ वर्षको उमेरमा एउटा अठोट गरे– पहाड फोडेर घरसम्म बाटो बनाउने ।
तर एक्लै पहाड फोड्नु चानचुने कुरा थिएन । त्यसमा पनि भिरालो पहाड । ढुंगै ढुगांले भरिएको । पाखुरीमा पनि वैंशको जस्तो बल थिएन । तर उनीसँग बाँकी थियो, अठोट र आत्मविश्वास । त्यो भन्दा धेरै सन्तान प्रतिको जिम्मेवारी ।
०७४ सालदेखि उनले बाटो खन्न सुरु गरे । बिहानै सबेरै घरभन्सा र गाइ गोठ गरेर उनी ९ बजे बाटो खन्न निस्कन्थें । ‘श्रीमतीले आँखा नदेख्ने, खाना पनि आफै पकाइवारी ग¥र्थे’ उनले भने, ‘घरको सबै काम सकेपछि बाटो खन्न निस्कन्थें ।’ दिनभर उनी गैटीं, सप्पल, घन, कोदालोको भरमा पहाड खन्थे । ढुंगा फोड्थे, पञ्छाउँथे । दिनभर बाटो खनेर उनी बेलुकी पाँच बजे घर पुग्थें । फेरि भातभाञ्सामा जुट्थें ।
दुई वर्षसम्म उनले लगातार बाटो खनीरहे । चैत–बैशाखको गर्मी भनेन् । साउँने झरी भनेन् । पुस–माघको कठ्याङग्रीने जाडो भनेनन् । भोक–तीर्खा भनेनन् । मात्र एकोहोरो बाटो खनीरहे, ढुंगा फोडिरहे ।
एक्लै पहाड खनेर बाटो बनाउनु सजिलो थिएन । बाटो खन्दा–खन्दा हातभरी ठेला पर्थे । हात खुट्टामा चोट पटक लाग्थे । कहिले खन्दा खन्दा लड्थे । एकपटक त उनी नराम्रोसँग थलिए । ‘बर्खाको झरीमा काम गर्दा गर्दा निमोनिया भएछ’ उनले भने, ‘बल्ल तल्ल उपचार गरेर बाचे ।’ तर जति कुसै दुख विरामी परे पनि उनको हिम्मत कहिल्लै टुटेन ।
चन्द्रबीरको घरको वारी खमारी गाउँ थियो । उनले एक्लै बाटो खन्दै गरेको गाउँलले नदेखेका होइनन् । तर उनलाई सघाउँन कोही आएनन् । चन्द्रबीरले धेरै पटक बाटो खन्न आउन पनि भने । तर कसैले मानेनन् । उल्टो उनलाई बुढेशकालमा के गरेको भनेर गिज्याउँथे, हास्थे । ‘गाउँलेले मर्ने बेला यस्तो दुःख नगर छोड भनी रहेन्थे’ उनले भने, ‘तर म आफ्नो संकल्पमा दृढ थिए ।’
कसैको साथमा नपाउँदा उनलाई सुरुमा नरमाइलो लाग्यो । तर मन दुखाएर बसेनन् । कसैलाई केही भनेन् । मनभित्र भने बाटो बनाएर देखाईदिने प्रण गरे । ‘बाटो बनाउन सक्छु भन्ने अठोट थियो’ उनले भने, ‘जसले जे भने कसैको वास्ता गरिन ।’ हुन पनि चन्द्रबीरको इच्छाशक्तिको अघि कसैको केही लागेन । अन्नतः दुई वर्षपछि एक्लै खनेर घरसम्म पुग्ने तीन किलोमटिरको बाटो बनाए । बाटो सिधै राप्ती राजमार्गसँग जोडियो । भनिन्छ नी, ‘असल काम गर्दा अनेक अफ्ठयारा आउँछन् तर लक्ष्यमा दृढ मानिसले असम्भवलाई पनि सम्भव बनाइदिन्छ ।’
चन्द्रबीरले बनाएको त्यही सडकपछि ‘चन्द्रबीर मार्ग’ले नामाकरण भयो । स्थानीय सरकारको सहयोगमा बाटो केही चौढा गरियो । चन्द्रबीरको घरसम्ममात्र होइन खमार गाउँसम्मै बाटो पुग्यो । मान्छेसम्म हिड्न मुश्किल हुने बाटोमा साना गाडी मोटरहरु कुद्ने थाले ।
हिजो उनैलाई गिज्याउँने गाउँलेहरु अहिले उनले खनेको बाटोमा हिड्छन् । गाइबस्तु हिडाउँछन्, मोटर गुडाउँछन् । चन्द्रबीर यही हेदै दंग पर्छन् । गाउँलेहरुले गरेको असहयोगप्रति गुनासो पनि छैन । मन दुखाएर बसेका छैनन् । भन्छन्, ‘बाटो बनाई छोड्छु भन्ने अठोट गरेको थिए, पुरा गरे । मलाई कसैप्रति केही गुनासो छैन ।’
अचम्म त के भने अक्सर ७० नाघेपछि मानिसलाई कसैको साहराबीना उभिन समेत मुश्किल पर्छ । तर यहाँ त चन्द्रबीरले एक्लैले पहाड पल्टाए । त्यो कुनै चानचुने कुरा थिएन । आखिर यत्रो ताकत उनले कसरी ल्याए ? जवाफ छ – आफ्नो सन्तानप्रति एउटा बाबुको माया । नत्र त उनी पहाड खनेर बाटो बनाउने भन्ने कुरा कल्पना सम्म गर्दैनथे । भन्छन्, ‘मलाई यो ताकत सन्तानको मायाले नै दियोे । उनीहरु हुँदैनथे त बाटो खन्ने आट म गर्दिन थिए हुँला ।’
पछि उनले खनेको त्यही बाटो हिडेर उनका सन्तान जंगलको अध्यरोबाट बाहिरी संसार चिहाउन निश्किए । ज्ञानको अक्षर चिन्न पाए । दाङदेखि काठमाडौंसम्मको यात्रा तय गरे । अभावै सही आफ्नो खुट्टामा उभिन सके । आफूले खनेको बाटोले सन्तानलाई जीवनको मार्गमा देखाउँन सकेकोमा चन्द्रबीरलाई सन्तोष लाग्छ ।
तर ंचन्द्रबीर यतिमै चित्त बुझाएर बसेका छैनन् । भलै उनले सन्तानका लागि बाटो बनाए थिए । तर अब त्यो बाटो सिंगो गाउँकै भइदियो । त्यसैले त उनले बाटो बनाएर मात्र छोडेका छैनन् । त्यसलाई रेखदेख पनि गर्छन् । हरेक बर्खामा पहिरो खस्दा चन्द्रबीर गैटी लिएर बाटो खोल्न पुगिहाल्छन् । पहिरोमा खसेका ढुंगा माटोहरु एक्लै पन्छाउँछन् । बाटोका कारण कसैले दुख नपाउँन् भन्ने चाहन्छन् उनी । ‘यो बुढाले बाटो बनाएर दुःख भयो भनेर कसैले नभनुन् भन्ने लाग्छ ।’ उनी भन्छन् ।
चन्द्रबीरको चाहना छ– सडक अझै फराकिलो होस् र पक्की पनि । ‘बर्खामा हिलोकिचोले बाटो बिग्रिरहन्छ’ उनी भन्छन्, ‘बाटो ग्रयाभिल भए, बर्खामा दुख हुँदैनथ्यो ।’ चन्द्रबीरलाई सन्तान जितकै माया र चिन्ता बाटोको छ । आफू अस्ताउनु अघि उनी बाटो पक्की भएकोे हेर्न चाहन्छन् । किनभने चन्द्रबीरलाई थाँहा छ– उनको मृत्युपछि सडक यसै अलपत्र पर्नेछ । बाटो बिग्रीए, बनाउन कोही आउँने छैन । त्यसैले उनी स्थानीय सरकारलाई बाटो बनाईदिन हार गुहार गरिरहेका छन् । तर कसैले उनको कुरा सुनेका छैनन् ।
…..
अन्तमा चलचित्र माझीमा गहिरो संवाद छ । जहाँ दशरथ माझी भन्छन्, ‘भग्वानको भरोसा न बस, के थाहाँ भग्वानको पो तिम्रो भरोसामा बसेको छ की ?’ अर्थात कर्म गर, कसैको भरोसामा नबस ।
चन्द्रबीर पनि भग्वानको भरोसा बसेनन् । सायद उनी कसैको भरोसा बस्दा हुन त, आज बाटो बन्ने थिएन । ‘कसैले बनाइदिन्छ भनेर बसेको भए, बाटो बन्दैनथ्यो होला’ उनी भन्छन्, ‘भग्वानले त बाच्नलाई सबै दिएकै छन् नी, कर्म गर्ने त हामी आफैले हो ।’ त्यसपछि उनी बोलेनन्, मुस्कुराए मात्र ।