Ad Area

बिपी जयन्तीमा कविता प्रतियोगिता, सरस्वती माविकी सुरु प्रथम


 

घोराही,२४ भदौ । ११० औं बिपी जयन्तीका अवसरमा आयोजित अन्तर माध्यामिक विद्यालयस्तरीय कविता प्रतियोगितामा सरस्वती माध्यामिक विद्यालय गोवरडियामा कक्षा १० मा अध्ययनरत सुरु विक प्रथम भएकी छिन् । नेपाली कांग्रेस दाङले आयोजना गरेको प्रतियोगितामा सहभागी ५५ जना विद्यार्थीलाई पछि पार्दै सुरु प्रथम हुन सफल भएकी हुन् ।

उनले नगद दश हजारसहित प्रमाणपत्र प्राप्त गरेकी छिन् भने प्रतियोगितामा माध्यामिक विद्यालय पथरगढवामा कक्षा १० मा अध्ययनरत सुनिता शेर्पाले द्धितिय र गुरुजजुर नमूना माध्यामिक विद्यालय रक्षाचौरमा कक्षा १० मा अध्ययनरत छात्रा मुना बुढाथोकीले तृतीय स्थान प्राप्त गरेकी छिन् । सुनिताले नगद सात हजारसहित प्रमाणपत्र र मुनाले पाँच हजारसहित प्रमाणपत्र प्राप्त गरेकी हुन् ।

प्रतियोगितामा महेन्द्र माध्यामिक विद्यालय भेडाबारी मुलावारीमा कक्षा १० मा अध्ययरत बञ्जिता पुन, माउण्डभ्यु बोर्डिङ स्कुल घोराहीमा कक्षा ९ मा अध्ययनरत अतिसा पोख्रेल र गोरखा बोर्डिङ स्कुलमा अध्ययनरत आयुष देवकोटाले सान्त्वना स्थान प्राप्त गरेका हुन । सान्त्वना स्थान प्राप्त गर्नेले नगद तीन हजारसहित प्रमाणपत्र प्राप्त गरेका थिए ।

प्रतियोगिताको निर्णाकमा साहित्यकार डा गोविन्द आचार्य, डा हिमलाल पन्थी र सन्ध्या रेग्मी रहेका थिए । प्रतियोगितामा ५६ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad