Ad Area

बंगलाचुलीमा जेसिबी दुर्घटना हुँदा चालकको मृत्यु !


घोराही २, मंसीर । दाङमा सडक मर्मतको क्रममा बिहीबार बिहान जेसिबि दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

बंगलाचुली गाउँपालिका वडा नम्बर ५ मुर्कुटी बजारदेखि लेक जाने ग्राभेल सडक मर्मतको क्रममा बिहान करिव ४ बजेतिर जेसिबि दुर्घटना हुँदा अपरेटर घोराही–१० नारायणपुरका २२ वर्षीय सुनिलकुमार बिकको घटनास्थलमै मृत्यु भएको गाउँ पालिका अध्यक्ष भक्तबहादुर वलीले पुष्टि गरे ।

पर्यटकीयस्थल बंगलचुली लेक जाने सडक मर्मतको क्रममा रा १ क ९१४ नम्बरको जेसिबि दुर्घटनामा परेको हो । वर्षाले ग्राभेल सडक केही बिग्रिएकाले मर्मत गर्ने क्रममा सो दुर्घटना भएको हो ।

दुर्घटनामा सहचालक बर्दिया गुलरिया नगरपालिकाका २३ वर्षीय राजकुमार चौधरी सामान्य घाइते भएको बंगलाचुली गाउँपालिकाका अध्यक्ष वलीले जानकारी दिए । घटनाको मुचुल्का उठाउने काम भएको र मृतकको पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लैजाने तयारी भएको उनले बताए ।

Blog Post Ad Blog Post Ad