Ad Area

जनसंख्या व्यवस्थापनमा महत्वपूर्ण भूमिका


घोराही, १ मंसिर ।

आइपिपिएफ एसिया क्षेत्रिय निर्देशक सोनाल मेहताले नेपालको जनसंख्या व्यवस्थापनमा परिवार नियोजन संघले महत्वपूर्ण भूमिका खेलिरहेको बताएकी छन् । नेपाल परिवार नियोजन संघको ४१ औँ केन्द्रीय सभालाई मंगलवार घोराहीमा संवोधन गर्दै मेहताले जनसंख्या व्यवस्थित गर्ने कुरा आफैमा चुनौतीपूर्ण रहेको भएपनि नेपाल यो कुरामा सफल मानिएको बताइन् ।

विश्वका कतिपय मुलुकको उदाहरण दिंदै मेहताले भारत, बंगलादेश, पाकिस्तान लगाएतका केही एसिया मुलुकमा जनसंख्या अव्यवस्थित रुपमा बढेको भएपनि नेपालमा भने सुरुको समयदेखि जनसंख्यालाई व्यवस्थित बनाउन सकेको धारणा राखिन् । परिवार नियोजन संघको गाउँ केन्द्रित सेवा तथा सचेतनामुलक कार्यक्रम प्रशंसनीय भएको उनको भनाई थियो ।

आगामी दिनमा पनि परिवार नियोजनको कार्यक्रमलाई प्राथमिकता दिएर अघि बढाउनुपर्ने उनको सुझाव थियो । नेपालमा स्रोत साधन प्रशस्त रहेको भन्दै ती स्रोत साधनको प्रयोग र परिचालन गर्नुपर्ने उनको भनाई थियो । युवाहरुलाई स्वयंसेवकका रुपमा परिचालन गर्न सकिने बताइन् । ‘कार्यक्रम संचालनका लागि बजेटको अभाव हुँदैन, तपाईहरु कार्यक्रम बनाउनुहोस ।’ उनले भनिन् ।

कार्यक्रमलाई संबोधन गर्दै मेहताले नेपालमा महिला तथा किशोरीहरु स्वतन्त्र रहेको बताइन् । उनिहरु आफ्नो स्वास्थ्य, शरिर, अधिकारका बिषयमा सचेत रहेको भन्दै विश्वका कतिपय मुलुकमा महिलाहरुले अधिकार नपाएको सन्दर्भमा नेपालका महिलाहरुले स्वतन्त्रता पाएको धारणा राखिन् । उनले अधिकारलाई व्यवहारमा कार्यान्यनमा ल्याउन थप सचेत बन्न सुझाव दिइन् ।

महिलाको शरिर मागि महिलाकै अधिकार भएको बिषयमा कुरा गर्दै महिला सचेतिकरणलाई थप प्राथमिकता दिनुपर्ने धारणा राखिन् । नेपाल भौगोलिक दृष्टीकोणले मात्र नभएर यहाँका नागरिक, संस्कार समेत प्रशंसा गर्न लायक भएको बताइन् । पछिल्लो नेपाल हरेक दृष्टीकोणले विकास उन्मुख रहेको मेहताले बताइन् । मेहता भारतीय नागरिक र एसियाको क्षेत्रिय निर्देशकका रुपमा कार्यरत छिन् ।

Blog Post Ad

सोही कार्यक्रममा नेपाली काग्रेसकी राष्ट्रिय सभा मुख्य सचेतक अनिता देबकोटाले परिवार नियोजन संघ स्वास्थ्य क्षेत्रको मुलुककै पहिलो गैरसरकारी संस्था भएको बताइन् । लामो समयदेखि सरकारका स्वास्थ्य संस्थाहरुसंग समन्वय गरी काम गर्दै आएको अवगत गराइन् । परिवार नियोजन संघले परिवारलाई व्यवस्थित गर्न सफल भएको बताइन् ।

पहिले अव्यवस्थित रुपमा जनसंख्या बृद्धि भएपनि संघ स्थापना भए संगै विकट क्षेत्रमा सचेतना र सेवा दिदै आएको बताइन् । जस कारण मातृ मृत्यूदर र शिशु मृत्यूदरमा समेत कमी आएको छ ।

महिलाको शरिरमा महिलाकै अधिकार स्थापनाका लागि परिवार नियोजन संघले भूमिका खेलेको उनको भनाई थियो । पछिल्ला समय महिला मैत्री संरचनाको निर्माण गर्न सफल भएको बताइन् । संबिधानमा हिंसामुक्त समाजको प्रस्तावना लेख्न सफल भएको भन्दै कार्यान्वयनको पाटोलाई बलियो बनाउन आवश्यक भएकोमा जोड दिएकी थिइन् । निर्माण भएका नीति तथा कानुन कार्यान्वयन र आबश्यक कानुनका लागि पैरवी गर्नुपर्ने बताइन् ।
लुम्बिनी प्रदेश सिचाइ उर्जा तथा जलस्रोत राज्यमन्त्री अर्जुन श्रेष्ठ परिवार नियोजनको सेवालाई थप विस्तार गर्नुपर्ने आवश्यकता औल्याएका थिए । परिवार नियोजनले गाउँ गाउँमा आफ्नो सेवा पु¥याएको भन्दै स्वास्थ्य क्षेत्रका अन्य कार्यक्रम गर्न सुझाव दिएका थिए । उनले प्रदेश सरकार परिवार नियोजनको क्षेत्रमा काम गर्न तयार रहेको भन्दै यसका लागि सहकार्य गर्न सरकार तयार रहेको बताए ।
सोही कार्यक्रममा संविधान सभा सदस्य राजु खनालले परिवार नियोजनको कामका बारेमा प्रसंशा गरे । आगामी दिनमा यहाँका विकट क्षेत्रलाई केन्द्रमा राखेर कार्यक्रम संचालन गर्नुपर्ने धारणा राखे । कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगद बहादुर शाही, नेपाल यातायात महासंघका केन्द्रीय सदस्य योगेन्द्र नाथ कर्माचार्यले आफ्ना भनाई राखेका थिए ।
कार्यक्रम परिवार नियोजन संघका केन्द्रिय अध्यक्ष हिमालयलाल कसजुको अध्यक्षतामा भएको हो । परिवार नियोजनको बारेमा डा.नरेश प्रताप केसीले जानकारी गराएका थिए । दाङ शाखा सभापती तिर्थ सन्तोषीको स्वागत मन्तव्यवाट सुरु भएको उद्घाटन कार्यक्रमको संचालन सचिव माया पोखरेलले गरेकी थिइन् ।

 

Blog Post Ad Blog Post Ad