Ad Area

नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित सरकारी कर्मचारी पक्राउ


दाङ,२५ भदौ । नेपालगन्ज विमानस्थलबाट प्रहरीले २६ लाख नगदसहित आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटालाई पक्राउ गरेको छ ।

विमानस्थलमा सुरक्षा जाँचका क्रममा सापकोटाको झोलामा ठूलो मात्रामा नगद फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिएका छन् ।

नेपालगन्ज विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरीको टोलीले सापकोटालाई आज बिहान नियन्त्रणमा लिएको हो । सापकोटा बिहान ८ : ४५ बजेको श्री एयरको उडानमार्फत काठमाडौं जादै थिए । सापकोटासँगै अर्का एक जना व्यक्ति पनि रहेका थिए । उनी भने फरार भएका छन् ।

Blog Post Ad Blog Post Ad