Ad Area

प्रहरी प्रमुख केसी भन्छन्, ‘ढुक्क भएर व्यवसाय गर्नुस्’


२६ भदौ, दाङ। जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख रामबहादुर केसीले व्यावसायीहरुलाइ ढुक्कसंग व्यवसाय गर्ने बातावरण हुने बताएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको परिचयात्मक तथा छलफल कार्यक्रममा उनले व्यवसायीहरुलाई शान्ति सुरक्षा प्रदान गर्न आफुले भुमिका खेल्ने बताए ।

आर्थिक मन्दीको कारण व्यसायीक क्षेत्रमा समस्या रहेको भन्दै यसको सहजीकरण गर्न आफनो तर्फवाट सहयोग हुने उनले बताए । जिल्लामा शान्ति सुरक्षा कायम गर्न प्रहरी प्रतिवद्ध रहेको समेत उनको भनाइ रहेको थियो ।

नागरिकले प्रहरीलाई सुचना दिएर सहयोग गर्न आग्रह गरे । ‘नागरिकवाट दिने सुचनाले प्रहरीलार्इ ठुलो सहयोग पुग्ने छ’, प्रमुख केसीले भने । लागुऔषधको सेवनको कारण चोरी तथा अपराध बढने बताए । नागरिकलाई लागु औष दुव्यसनीका विरुद्ध सचेतना जगाउनुपर्ने उनको भनाइ रहेको थियो । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकीले संघले आर्थिक विकास संगै जिल्लाको विकासमा भुमिका खेल्दै आएको बताए ।

सबै क्षेत्रको सहकार्यमा नै काम गर्न सहज भएको उनको भनाइ रहेको थियो । संघले विगतदेखि नै हरेक क्षेत्रसंग सहकार्य गदै आएको र आउदा दिनमा पनि सहकार्य गरेर अगाडि वढने बताए । पछिल्लो समय आर्थिक क्षेत्रमा देखिएको समस्याका कारण धेरै व्यवसायीहरु विस्थापीत भएको बताए । पलायन हुदै गएका व्यवसायी रोक्नका लागि राज्यले पहल गर्नु पर्ने समेत उनले बताए । संघका सदस्य भरतप्रसाद रेग्मीले अवैध रुपमा आउने सामग्री नियन्त्र गर्न आवश्यक रहेको बताए ।

यस कार्यमा उद्योग वाणिज्य संघले सहयो गर्ने बताए । संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्कीको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजिकरण महासचिव महेन्द्र वुढाथोकीले गरेका थिए । कार्यक्रमा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी रामवहादुर केसी र डिएसपी जनकवहादुर मल्ललाइ टिका र खादा लगाएर स्वागत गरिएको थियो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad