Ad Area

लुम्बिनीमा स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन मार्गदर्शन तयार


घोराही, २७ भदौ । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्ष २०८०÷८१ मा सञ्चालन हुने स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन मार्गदर्शन तयार गरेको छ ।स्वास्थ्य मन्त्रालय र मन्त्रालयअन्र्तगतका निकाय तथा कार्यालयबाट कार्यान्वयन हुने सबै कार्यक्रमको मार्गदर्शनलाई मन्त्रालय तहमा छलफल गरि अन्तिम रुप दिइएको हो ।

स्वास्थ्य मन्त्रालय र त्यसअन्तर्गतका स्वास्थ्य निकायबाट आर्थिक वर्ष २०८०÷८१ मा सञ्चालन हुने एकिकृत स्वास्थ्य तथा सरसफाई र प्रादेशिक अस्पताल सुदृढिकरण कार्यक्रमसँग सम्बन्धित कार्यक्रमहरुको पारदर्शी, मितव्ययी, प्रभावकारी र व्यवस्थित सञ्चालनको सहजीकरणका लागि यो कार्यक्रम सञ्चालन मार्गदर्शन तयार गरीएको स्वास्थ्य सचिव डा. जनार्दन पन्थीले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार चालु आर्थिक वर्ष स्वास्थ्य मन्त्रालय तथा कार्यालयहरुबाट सञ्चालन हुने १ सय ७३ वटा कार्यक्रमको मार्गदर्शनमाथि छलफल गरिएको हो । छलफलबाट अन्तिम रुप दिइएको स्वास्थ्य मार्गदर्शन मन्त्रीस्तरीय निर्णयबाट स्विकृत गरि कार्यान्वयनमा ल्याइने छ । स्वास्थ्य सचिव डा पन्थीको अध्यक्षतामा भएको परामर्श बैठकमा स्वास्थ्य मन्त्री राजु खनालले प्रचलित ऐन नियमको परिधिमा रहेर पारदर्शी, मितव्ययी र छिटो छरितो तरिकाले कार्यान्वयन हुनेगरि मार्गर्दशन र कार्यविधि तयार गरिनुपर्ने बताउनु भएको हो ।

कार्यक्रम कार्यान्वयनका लागी निर्माण हुन बाँकी रहेका कार्याविधि एक साताभित्र निर्माण गर्न निर्देशन दिदै मन्त्री खनालले योजाना तथा कार्यक्रम कार्यान्वयनमा कुनैपनि किसिमको ढिलाई नगर्न आग्रह गर्नुभयो । उहाँले मन्त्रालयले यस वर्षदेखि सुरु गरेका कार्यक्रम कार्यान्वयनका लागि नागरिकलाई सहज हुने विधि अपनाउन पनि मातहत निकायलाई निर्देशन दिनुभयो । स्वास्थ्य सचिव डा.जनार्दन पन्थीले दुई वटा कार्यालयले एकै प्रकृतिको काम गरि दोहोरोपना हुने काम नगर्न निर्देशन दिनुभयो ।

स्वास्थ्य मन्त्रालयबाट सञ्चालन हुने २४, निर्देशनालयबाट सञ्चालन हुने ३२, आपूर्ति व्यवस्थापन केन्द्रबाट सञ्चालन हुने १९, तालिम केन्द्रबाट सञ्चालन हुने १६, अस्पतालहरुबाट सञ्चालन हुने ४३, स्वास्थ्य कार्यालयबाट सञ्चालन हुने २२ र आयूर्वेद स्वास्थ्य संस्थाबाट सञ्चालन हुने १६ गरि १५७ वटा कार्यक्रमको मार्गर्दशन तयार भएको हो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad