दाङमा आकस्मिक हेलिकप्टर अवतरण, भोली विहान उडान भर्ने

दाङ । मौसम खराबीका कारण दाङमा हेलिकप्टरको आकस्मिक अवतरण भएको छ ।
हुम्लाबाट पोखरा जाँदै गरेको कैलाश हेलिकप्टर सर्भिस कम्पनीको हेलिकप्टर आज बेलुका सवा सात बजे राप्ती गाउँपालिकास्थित आदर्श नमुना माविको प्रांगण लालमटियामा मौसम खराबको कारण आकस्मिक अवतरण गरेको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ। पाइलटसहित पाँच जना सवार रहेको इलाका प्रहरी कार्यालय भालुवाङ प्रहरी निरीक्षक उज्ज्वल सिंहले जानकारी दिए ।
उनीहरु हुम्लाबाट बुकिङ पोखरा जान लागेका प्रहरी निरीक्षक सिंहले बताए । भोलि बिहान मात्रै उनीहरु पोखराका लागि उड्ने उनले बताए ।