Ad Area

दाङ उवासंघ निर्वाचन : प्रजातान्त्रिकका उम्मेदवार जोशीलाई तीन दलको समर्थन


घोराही,२७ भदौ । दाङ जिल्ला उद्योग वाणिज्य संघको यहि असोज १३ गते हुने निर्वाचनमा नेपाली कांग्रेस निकट व्यापारी संगठन प्रजातान्त्रिक उद्यमी संघका उम्मेदवार वसन्त जोशीलाई नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट व्यापारी संगठनले समर्थन गर्ने भएका छन् ।

नेपाली कांग्रेस निकट व्यापारी संगठन प्रजातान्त्रिक उद्यमी संघका र नेकपा माओवादी केन्द्र निकट व्यापारी संगठन नेपाल उद्योग व्यापार संगठन, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट व्यापारी संगठन अखिल राष्ट्रिय व्यापार उद्योग व्यापार संघ र राष्ट्रिय जनमोर्चा निकट व्यापारी संगठन राष्ट्रिय व्यापार तथा उद्योग व्यापार महासंघबीच बुधबार भएको बैठकले समर्थन गर्ने सहमति भएको हो ।

उक्त बैठकमा प्रजातान्त्रिक उद्यमी संघका अध्यक्ष कालीबहादुर खत्री, सल्लाहकार श्याम सुवेदी, दिपक सुवेदी, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकी नेपाल उद्योग व्यापार संगठनका संयोजक नारादमणि पोख्रेल, माओवादिद्वारा गठित वार्ता समितिका संयोजक तारा अधिकारी, राष्ट्रिय जनमोर्चा निकट व्यापारी संगठन राष्ट्रिय व्यापार तथा उद्योग व्यापार महासंघका जिल्ला अध्यक्ष बिष्णुप्रसाद रिजाल र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट व्यापारी संगठन अखिल राष्ट्रिय व्यापार उद्योग व्यापार संघका प्रतिनिधि हरि खरेलको उपस्थितिमा भएको बैठकले उक्त निर्णय भएको प्रजातान्त्रिक उद्यमी संघका अध्यक्ष कालीबहादुर खत्रीले जानकारी दिएका छन् ।

साथै अध्यक्ष खत्रीले सर्बसहमत नयाँ नेतृत्वको चयनका लागिअरु दलसँग पनि वार्ता संवादको जारी राखेको समेत बताए । निर्वाचन मिति नजिकै आउँदै गर्दा बजार चहलपहल बजारमा बढेको छ । चुनावी चहलपहल भएसंगै गठबन्धन गरे जाने बारेमा विभिन्न दलका वार्ता समितीले बैठक जारी रहेको छ ।