Ad Area

फेलोसिप खसी कप प्रतियोगिता २०८० सुरु


लक्ष्मण बस्नेत
दाङ, २८ भदौ । फेलोसिप खसी कप प्रतियोगिता २०८० आजदेखि दाङको तुलसीपुरमा सुरु भएको छ । फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुर ६ को आयोजनामा भएको प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेश भलिबल संघका अध्यक्ष देवेन्द्र बैरागीले गर्नु भएको हो ।

उद्घाटन समारोह लाई सम्बोधन गर्दै अध्यक्ष बैरागीले नेपालको राष्ट्रिय खेल भलिबलको पहिचान र गरिमा लाई स्थापित गर्न स्थानिय स्तरका गतिबिधिले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनु भएको छ । स्थानीय स्तरमा यस्ता प्रतियोगिता हुन आवश्यक छ जसले नवप्रतिभालाई उच्चतम स्थान दिन्छ उहाँले भन्नुभयो । साथै उहाँले अनुशासित र मर्यादित भएर खेल प्रदर्शन गर्न खेलाडीलाई आग्रह गर्नुभयो ।

भलिबलका लेवल वान कोच तथा राष्ट्रिय रेफ्री द्रोण चन्दको स्वागत रहेको कार्यक्रममा दाङ जिल्ला भलिबल संघका महासचिव लक्ष्मण बस्नेत लगाएतकाले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रमको संचालन अनलाइन टिभी पत्रकार संघ दाङका अध्यक्ष एचआर मगरले गर्नु भएको थियो । यसैबिच प्रतियोगितामा कुपिन्डे युथ क्लब सल्यान र राप्ती किङ भलिबल ट्रेनिङ सेन्टर तुलसिपुर बिजयी भएका छन ।

बागचौर सल्यानलाई उद्घाटन खेलमा ३-१ को सेटमा पराजित गर्दै पराजित गर्दै कुपिन्डे युथ क्लब बिजयी भएको हो ।त्यस्तै राप्ती बबई क्याम्पस तुलसीपुर लाई ३(० को सोझो सेटमा पराजित गर्दै राप्ती किङ बिजयी भएको हो । भोलि शुक्रबार पहिलो खेलमा हेलो मोबाईल र अखिल क्रान्तिकारी भिड्नेछन् । खेल बिहान ७ बजे देखि सुरु हुनेछ ।

प्रतियोगितामा दाङ,सल्यान र रुकुम जिल्लाका १-० टिमको सहभागिता रहेकोछ । प्रतोयोगिताको बिजेताले २५ हजार बराबरको खसीसंगै मेडल हात पार्नेछ । त्यस्तै उपबिजेताले मेडल मात्र हात पार्ने आयोजक फेलोसिप ट्रेनिङ सेन्टरका संचालक राजु एरीले जानकारी दिनु भएको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad