Ad Area

१८८ औं शृङ्खलामा गजल संग्रह ‘अन्धकार चिर्ने दियो’ को समीक्षा


घोराही,२९ भदौ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले नियमित रूपमा संचालन गर्दै आइरहेको कृति समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । परिषद् जिल्ला शाखा दाङको आयोजनामा १८८ औं शृङ्खलामा साहित्यकार सुरेशकुमार पाण्डेको ‘अन्धकार चिर्ने दियो’ गजल सङ्ग्रहको समीक्षा गरिएको हो ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवम् वरिष्ठ साहित्यकार उत्तमकृष्ण मज्गैयाको प्रमुख आतिथ्यता तथा राप्ती साहित्य परिषद्का निर्वतमान केन्द्रीय अध्यक्ष एवम् वर्तमान केन्द्रीय सल्लाहकार पुरूषोत्तम खनालको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो ।

कृति समीक्षा कार्यक्रममा ‘अन्धकार चिर्ने दियो’ गजल सङ्ग्रहको समीक्षा साहित्यकार हरिप्रसाद पौडेल ‘स्वर्ण शिखा’ले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि उत्तमकृष्ण मज्गैया,विशिष्ट अतिथी पुरूषोत्तम खनाल, स्रष्टा सुरेशकुमार पाण्डे लगायतले मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रममा राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष टीकाराम उदासी, जिल्ला शाखाका सल्लाहकारहरू कमलमणि देवकोटा, नगेन्द्र गुरू, प्रगतिशील लेखक संघका केन्द्रीय सल्लाहकार पद्मप्रसाद शर्मा, नेपाली लेखक संघ दाङका अध्यक्ष डा हिमलाल पन्थी, लेखक संघ दाङका उपाध्यक्ष गोविन्द पौडेल, अक्षकोष संस्थापक नरेशजंग राणा, हरिप्रसाद पाण्डेय, साहित्यकार धनसिङ गिरी, दामोदर पौडेल, गजेन्द्र बहकरी, सुभाष न्यौपाने, राजकुमार पोख्रेल, खेमराज गाँउले, बसन्त अनुभव, वोमजी अवतार, बिणा रोका, महेशकुमार न्यौपाने, नरेश खनाल, अरूणकुमार नेपाली, रिमा गौतम, देवा पाण्डे, सुनिता पाण्डेलगायतको उपस्थिति रहेको थियो ।
परिषद् दाङ शाखाका सदस्य विणा रोकाको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सहजीकरण परिषद् दाङ शाखाका सचिव प्रकाश केसीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad