बिक्न छाडे मादल, पेसा संकटमा
दाङ, ३० भदौ । दाङ घोराही उपमहानगरपालिका–१४ स्वर्गद्वारी आश्रम टोल निवासी ६५ बर्षीय जुठे बादी तीजका लागि नयाँ मादल बनाउन र पुराना मादल मर्मत गर्न व्यस्त छन् । नजिकै आएको हरितालिका तीजसँगै दशै, तिहार पर्वहरू नजिकिँदै गर्दा घर खर्चका लागि आयश्रोत जुटाउनका लागि मादल बनाउने गरेको बताउँछन् तर बिक्री भने हुन सकेका छैनन् ।
केही वर्ष अघिसम्म चाडपर्वको समयमा नयाँ मादल बेचेर नभ्याउने गरेको स्मरण गर्दै जुठे भन्छन् पछिल्लो समय मादलको बिक्री ह्वात्तै घटेको छ । साढे चार दशक बढी समयदेखि मादल बनाउने र बिक्री गर्ने पेसामा संलग्न रहनुभएका जुठे मादल बिक्री हुन छोडेपछि वर्षैभरी फुर्सदिलो बन्नुपर्दा पेसा नै हराउँछ कि भन्ने चिन्ता लाग्ने गरेको बताउँछन् ।
करिब १०÷१२ वर्ष अघिसम्म तीज, दशै र तिहारलगायतका चाडपर्वहरूमा ग्राहकलाई मादव पु¥याउन धौधौ पर्ने र चाडपर्वको समयमै मादल बिक्री गरेर लाखसम्म आम्दानी गर्ने गरे पनि अहिले वर्षभरी बिक्री गर्दा पनि ५०÷६० हजार नपुग्ने गरेको उनी बताउँछन् । पछिल्लो समय प्रविधिको विकाससँगै हातहातमा माबाइल आएको र मादलहरू पनि सस्तोमा भारतबाट भित्रान थालेपछि आफूहरूको मादल तथा बासुरी बनाउने पुख्र्यौउली पेसा नै सङ्कटमा पर्न थालेको उनी बताउँछन् । ‘अहिले त सबैका हात–हातमा मोबाइल छन् ।
त्यसैबाट गीत बजाउन सकिने भएपछि तीजमा मादलभन्दा डेग खोजेर त्यसैमा नाच्न थालेका छन्’,उनले भने,‘जसले गर्दा मौलक बाजा बजाएर रमाइलो गर्ने परम्परासँगै हाम्रो पेसा समेत सङ्कटमा परेको छ ।’ गाउँघरमा जग्मा भएर नाचगान गर्नेभन्दा पनि पछिल्लो समय होटेलका कोठाहरू डेगबाटै गीत बजाएर नाच्ने सस्कारको विकासले मौलिक कला संस्कृतिसँगै मादल, बासुरी बनाउने पेसा सङ्कटमा परेको उनी बताउँछन् । जुठेको जस्तै दुखेसो छ स्वर्गद्वारी आश्रम टोलकै ५० वर्षीय रामप्रसाद बादीको पनि ।
कुनै समय मादल बनाएर बिक्री गरेर पाँच जनाको परिवार पाल्ने गरेका रामप्रसादले पछिल्लो समय घर बनाउने मिस्त्रीको काम गर्न थालेको बताउँछन् । प्रविधिको विकाससँगै जातीय र सांस्कृतिक पेशाका रूपमा रहेको मादल बनाउने पेसा नै लोप हुने क्रम बढेपछि परिवार पाल्न कै लागि विगत ५÷६ वर्षदेखि मादल बनाउनेसँगै फुर्सदको समयमा घर बनाउने काम गर्दै आएको रामप्रसाद बताउँछन् ।
‘पहिले मादल बनाउँदै बिक्री गरेर परिवार पाल्न सकिन्थ्यो । अरु काम गर्नु पर्दैन थियो, वर्षभरी नै मादल बनाउने हुन्थ्यो’,रामप्रसाद भन्छन्,‘तर अहिले मादलको बिक्री घटेको छ,जस्ले गर्दा चाडपर्वको समयमा मात्रै बनाउने गरेको छु ।’ चाडपर्वहरूसँगै सांस्कृतिक कार्यक्रमहरूमा मौलिक बाजाभन्दा बढी प्रविधिमा आधारित साउण्डस्टिम (डेग), हातहातमा मोबाइलसँगै सस्तोमा भारतबाट मादलहरू भित्रिन थालेपछि स्थानीय कच्चा पदार्थ प्रयोग गरेर बनाइने मादलहरू बिक्री हुन छोडेको उनी बताउँछन ।
पहिले तीज, दशै, तिहारलगायतका चाडपर्वहरू आउँदा मादल बनाउन गाउँमै बोलाउनेदेखि मर्मतका लागि घरमै आउने गरेपनि पछिल्लो समय छिटफुटका रूपमा मादल किन्न तथा बिग्रिएका मादल बनाउन आउने गरेको उनी बताउँछन् । ‘बादल बनाउन आउने लगभव हराईसकेको छ, कोही कोही नयाँ मादल किन्न आउनुहुन्छ । जस्ले गर्दा मादल बनाएर मात्रै जीवन गुजरा चलाउनै धौ हुने अवस्था छ’,उनले भने ।
मादल विक्री नहुने समस्यासँगै मादल बनाउनका लागि आवश्यक पर्ने कच्चा पदार्थ खमारीको काठ,खरीलगायतका सामग्री पाउन समे समस्या हुने गरेको बताउँछन् । ‘जंगलमा गएर काठ ल्याउन पाइदैन, काष्ठ उद्योगमा सम्पर्क गरेर ल्याउने हो । त्यैपनि कोही काठ राम्रो हुँदैन’,उनले भने,‘न विक्री नै राम्रो हुने गरेको छ ।’ पछिल्लो समय जुठे बादीसँग मिलेर बादल बनाउने गरेको बताउने उनले मादल बनाएबाफत दैनिक एक हजार रूपैया पाउने गरेको बताउँछन् ।