Ad Area

सल्यानमा आगलागी हुँदा आमा छोरीको मृत्यु


 दाङ । सल्यानमा घरमा सुतेको अवस्थामा आगलागी हुँदा आमा छोरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका-२ धामिढुंगाकी ३२ वर्षीया रेवती थापा र उनकी ९ महिने छोरी ऋतु थापाको रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । शुक्रवार राती आफ्नै घरमा सुतेको अवस्थामा लागेको आगोका कारण आमा छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता गोपाल श्रेष्ठले जानकारी दिए । उनीहरुको शव जलेको अवस्थमा शनिवार बिहान फेला परेको उनले बताए ।
आगलागीबारे कसरी भयो भन्ने नखुले पनि ग्यास चुलोको लिक भएर आगलागी भएको हुन सक्ने उनले बताए । ‘प्रहरी निरिक्षकसहितको टोली घटनास्थलमा पुग्नु भएको छ’ उनले भने, ‘के कारणले आगलागी भयो भन्ने स्पष्ट खुलेको छैन । प्रारम्भिक अनुसन्धानमा हेर्दा ग्यास लिक भएर आगलागी भएको हुन सक्ने देखिन्छ ।’ यद्यपी घटनाबारे अनुसन्धान जारी रहेको उनले सुनाए ।
Blog Post Ad Blog Post Ad