दाङ उवासंघको निर्वाचन : दुई प्यानलको उम्मेदवारी दर्ता, अध्यक्षमा जोशी र पोख्रेलबीच प्रतिष्पर्धा हुने

घोराही, ३० भदौ । दाङ जिल्ला उद्योेग बाणिज्य संघको आगामी नेतृत्व चयनका लागि हुन लागेको चुनावमा दुई प्यानल बीच प्रतिष्पर्धा हुने भएको छ । उम्मेदवारीको लागि आज अपरान्ह ४ बजेसम्मको समय तोकिएकोमा कुल २० पदमा ४० जनाको उम्मेदवारी परेको निर्वाचन समिति संयोजक निर्मल गौतमले जानकारी दिएका छन् ।
उनका अनुसार अध्यक्ष पदमा बसन्त जोशी र रामप्रसाद पोख्रेलको उम्मेदवारी परेको छ । जोशी कांग्रेस, माओबादी, जनमोर्चालगायतका पार्टीको गठबन्धन गरेको प्यानलबाट उम्मेद्वारी दर्ता गराएका छन भने पोख्रेलले वामपन्थी प्यानलबाट उम्मेदवारी दर्ता गराएका छन् । उनलाई राप्रपा, बिप्लब, नेकपा मोटो मसालले समर्थन छ ।
जोशीले अध्यक्षमा उम्मेदवारी दर्ता गराउँदा उनको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा नरेशकुमार श्रेष्ठ, उद्योग उपाध्यक्षमा भरतप्रसाद रेग्मी, बाणिज्य उपाध्यक्षमा लिलाराम खड्का, महासचिवमा महेन्द्र बुढाथोकी, सचिवमा विकास वली र कोषाध्यक्षमा जगतप्रसाद आचार्यको उम्मेदवारी परेको छ । यसैगरी जोशी प्यानलबाटै सहकोषाध्यक्षमा माधव खनाल, उद्योग सदस्यमा विक्रम रानाको उम्मेदवारी परेको छ ।
पोख्रेल नेतृत्वको वामपन्थी प्यानलबाट वरिष्ठ उपाध्यक्षमा दिपेन्द्रकुमार पुनमगर, उद्योग उपाध्यक्षमा ध्रुवराज गहतराज, वाणिज्य उपाध्यक्षमा राजभक्त राना, महासचिवमा शालिकराम खनाल, सचिवमा भीमसेन डिसी, कोषाध्यक्षमा प्रेमबहादुर बुढामगरको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । यसैगरी पोख्रेल प्यानलबाट सहकोषाध्यक्षमा यादवबहादुर श्रेष्ठ, उद्योग सदस्यमा सन्तोष नेपालीको उम्मेदवारी परेको छ ।
आगामी कार्यकालका लागि नेतृत्व चयन गर्न दलीय रुपमा भागबण्डा लगाएर प्रतिष्पर्धा गर्न थालिएको उद्योग वाणिज्य संघको निर्वाचनमा महिला सदस्य पदका लागि जोशीको गठबन्धन प्यानलबाट लिला नेपाली र वामपन्थी प्यानलबाट देवकला बस्नेतको उम्मेदवारी परेको छ । बस्तुगत सदस्यमा जोशीको गठबन्धन प्यानलबाट विष्णुप्रसाद रिजाल र पोख्रेलको वामपन्थी प्यानलबाट ओमप्रकाश पोख्रेलको उम्मेदवारी परेको छ ।
एशोसियट सदस्यका लागि जोशी समुहबाट युवराज पोख्रेल र पोख्रेल समुहबाट गणेशप्रसाद दाहालको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । यसैगरी, खुल्ला सदस्यमा जोशीको प्यानलबाट रुद्रबहादुर जैसी, दीपक पण्डित, निमबहादुर बुढाथोकी, युवराज पन्त, रामप्रसाद पोख्रेल, पुष्करराज न्यौपाने, नोर्बु तामाङ, सुरज बुढाथोकीको उम्मेदवारी परेको छ ।
पोख्रेल नेतृत्वको प्यानलबाट खुल्ला सदस्यमा रणबिक्रम चन्द, राजकुमार गुप्ता, सुशील आचार्य, कृष्णबहादुर कुँवर, अर्जुन पन्थी, रेवन्तकुमार श्रेष्ठ, सन्जय विश्वकर्मा र शेरबहादुर पुनको उम्मेदवारी परेको निर्वाचन समिति संयोजक गौतमले जानकारी दिएका छन् ।