Ad Area

‘त्याग र समर्पणका प्रतिमुर्ती गणेशमान’


घोराही, २ असोज । नेपाली राजनीतिमा त्याग र समर्पणका प्रतिमुर्तीका रुपमा स्वर्गीय गणेशमान सिंह रहनुभएको एक कार्यक्रमकास सहभागीले बताएका छन् । २६ औं गणेशमान सिंह स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस दाङले आयोजना गरेको ‘गणेशमान सिंह र समावेशी नेपालका परिकल्पना’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले स्वर्गीय नेता सिंह नेपाली राजनीतिमा त्याग र समर्पणका प्रतिमुर्तीका रुपमा परिचित रहेको बताउनुभएको थियो ।

निरन्तर राजनीतिमा संक्रिय रहेपनि कहिल्यै राजनीतिक उच्च पदको मोहमा नलागेका नेता सिंह भौतिक सुख सुविधाभन्दा देश र जनताको जीवनस्तर परिवर्तनका लागि लड्ने योद्धाहरु भएको सहभागीले बताएका थिए । नेपाली राजनीतिमा लौहपुरुषका रुपमा परिचित रहनुभएका सिह सदैव देश र जनतालाई नै सर्वोच्च मान्ने र त्यसकै लागि राजनीतिक लडाइँ लड्ने गरेको नेपाली कांग्रेस लुम्विनी प्रदेशका सहमहामन्त्री खगराज पाण्डेयले बताउनुभएको छ ।

नेता पाण्डेयले नेपालमा प्रजातन्त्र प्राप्ती र रुपान्तरणका लागि भएका आन्दोलनमा महत्वपूर्ण योगदान गर्नुभएका स्वर्गीय नेता सिहले पद,सुख र सुविधाभन्दा जनताको अधिकार र परिवर्तनका लागि जीवन समर्पण गरेको बताउनुभएको थियो । उहाँले भन्नुभयो,‘नेपाली राजनीतिमा परिवर्तनसँगै समावेशी नेपालको परिकल्नाका लागि सिंहको महत्वपूर्ण योगदान छ । सिंहकै कारण प्रथम जननिर्वाचित सरकारका नेतृत्व गर्नुभका प्रधानमन्त्री विपी कोइरालाको सरकारमा महिला, जनजातिलगायतका सवै समुदाय,भूगोललाई समेटेर मन्त्रिपरिषद गठन गरिएको बताउनुभएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस दाङका पूर्व जिल्ला सभापति विरकेश्वरी गौतमले लौहपुरूषका रुपमा चिरपरिचित रहनुभएका गणेशमान सिंहले नै नेपालमा समावेशीकरणको एजेण्डा सुरुवात गरेको भन्दै त्यसलाई पार्टीले गम्भीरतापूर्वक लिएर वर्तमान अवस्थामा पार्टीसँगै राष्ट्र निर्माणका लागि लाग्नुपर्ने बताउनुभएको थियो ।

पञ्चायती व्यवस्थाविरूद्धको जनआन्दोलनका सर्वोच्च कमान्डर रहनुभएका सिंहले नेपालमा प्रजातान्त्रिक शक्ति र कम्युनिस्टहरुलाई समेटेर जनआन्दोलनको सफल नेतृत्व गरेको बताउनुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति मोहनलाल वलीले गणेशमान सिंह प्रजातन्त्र तथा लोकतन्त्रका निम्ति लड्ने अथक योद्धा तथा विचार, सिद्धान्तप्रति निष्ठावान् रहेको बताउनुभएको थियो ।

कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले राजनीतिमा अवसर, स्वार्थ र सुविधाको बाटो कहिल्यै नरोज्ने त्यागी नेता सिंहबाट त्याग, समर्पण र बलिदानबाट शिक्षा लिन आवश्यक रहेको बताएका थिए । पछिल्लो समय राजनीतिमा त्याग र समर्पणभन्दा अवसरवादको हावी भएको भन्दै यसले इमान्दार र निष्ठावान कार्यकर्ताहरुलाई असर पुग्ने बताएका थिए ।

Blog Post Ad

साथै उनीहरुले त्यागी नेताको अभाव देशले बारम्बार भोग्न बाध्य भएको भन्दै गणेशमान सिंहजस्ता आदर्शवान् र प्रेरणादायक नेताहरुको बाटोमा लाग्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका थिए । नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा लुम्विनी प्रदेशसभाका पूर्व सदस्य शंकर गिरीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । नेपाली कांग्रेस दाङका महासमिति सदस्य भुपबहादुर डागी,नेपाली कांग्रेस क्षेत्र न २ का सभापति भीमप्रकाश खड्कालगायतले स्वर्गीय सिंहले नेपाली राजनीतिमा त्याग छोडेर गएको भन्दै सही रुपमा अनुसार गरेर लाग्नुपर्ने बताएका थिए ।

नेपाली कांग्रेस क्षेत्र न ३ (क) का सभापति देबेन्द रिजाल,नेपाली कांग्रेस क्षेत्र न २ (क) का सभापति प्रकाश श्रेष्ठ, नेपाली कांग्रेस क्षेत्र न २ (ख) का सभापति अभियान बस्नेत, नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति सदस्यीय शान्ता घिमिरे, नेपाल तरुण दलका केन्द्रीय सदस्य टोपबहादुर बुढाथोकी, नेपाली कांग्रेसका घोराही नगर सभापति तिलक रावत, नेपाल विद्यार्थी संघ दाङका अध्यक्ष कुलराज पोख्रेल, नेपाल दलित संघ दाङका कार्यबाहक अध्यक्ष प्रकाश नेपालीलगायतले बोलेका थिए ।
ि
जल्ला उपसभापति गिरीराज सुवेदीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमका सहभागीलाई अर्का जिल्ला उपसभापति कमानसिंह भारतीले धन्यावाद ज्ञापन गरेका थिए । कायक्रमको सहजीकरण जिल्ला सचिवद्वय अर्जुनकुमार योगी र बालिका लम्सालले गरेका थिए । विसं १९७२ साल कार्तिक २४ गते जन्मिएका नेता गणेशमान सिंहको मृत्यु ८२ वर्षको उमेरमा २०५४ साल असोज २ गते भएको थियो ।

Blog Post Ad Blog Post Ad