Ad Area

नेसनल युथ एण्ड जुनियर बक्सिङमा अल्फा घाेराहीलाई तीन स्वर्णसहित ११ पदक


घोराही, १ असोज । नेशनल युथ एण्ड जुनियर बक्सिङ प्रतियोगितामा अल्फा बक्सिङ सेन्टर घोराहीले तीन स्वर्णसहित दश पदक जितेको छ ।

नेपाल बक्सिङ संघको आयोजनामा ललितपुरस्थीत अन्तर्राष्ट्रिय स्पोर्ट कम्प्लेक्स सातदोवाटोमा भएको प्रतियोगीतामा अल्फा स्पोर्टस सेन्टरका तीन जनाले स्वर्ण, एक जनाले रजत र ६ जना खेलाडीले काश्य पदक जित्न सफल भएका हुन ।

प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै मौसम विक, विजय घर्तीमगर र कृष्ण पुनमगरले स्वर्ण पदक जित्न सफल भएका छन् । प्रतियोगिताअन्तर्गत ५० केजी तौल समूहमा प्रतिष्पर्धा गरेका खेलाडीहरु मौसम, ५२ केजी तौल समूहमा विजय र ५४ केजी तौल समूहमा कृष्णले स्वर्ण पदक जित्न सफल भएको अल्फा स्पोर्टस सेन्टर घोराहीकी प्रशिक्षक कृष्टिना खातीले जानकारी दिएकी छिन् ।

प्रतियोगितामा गिर्वन केसीले रजत पदक जित्न सफल भएका छन् । युथतर्फ ४८ केजी तौल समूहमा प्रतिष्पर्धा गरेका केसीले फाइनलमा पराजित हुँदा रजत पदकमै चित्त बुझाउन बाध्य भएका छन् । प्रतियोगितामा तारा पुनमगर (सोनम)ले ४८ केजी तौल समूहमा रजत पदक जितेका छन ।

त्यसैगरी प्रतियोगितामा ४६ केजी तौल समूहमा लालबहादुर मगर, ६० केजी तौल समूहमा समिर खवास, ५० केजी तौल समूहमा मोहन विक र ५२ केजी तौल समूहमा करुण बुढामगरले काश्य पदक जित्न सफल भएका हुन । युथतर्फ ५७ केजी तौल समूहमा रेमोन पुन र ५४ केजी तौल समूहमा पुष्पाकुमारी थापाले काश्य जितेकी प्रशिक्षक खातीले बताइन । प्रतियोगितामा अल्फा स्पोर्टस सेन्टर घोराहीबाट १४ जना खेलाडीहरु सहभागी भएका थिए ।

प्रतियोगितामा सहभागी भएका खेलाडीहरु मध्ये सुमन रायमाझी,प्रतिक रोकामगर र विवाकर पुनमगर प्रतियोगितामा पदक विहन भएका छन् । प्रतियोगितामा अल्फा बक्सिङ सेन्टर जुनियरतर्फ बेष्ट टिम बनेको थियो । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरु कजाकिस्तानमा हुने एएसबिसी एसियन जुनियर तथा युथ बक्सिङ प्रतियोगितामा सहभागीताका लागि छनोट हुनेछन् । भदौको २९ गतेदेखि सुरु भएको प्रतियोगिता असोजको १ गतेसम्म चलेको थियो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad