Ad Area

व्यवसायीलाई हरेक सुख-दु:खमा साथ दिने माधव


दाङ,८ असोज । डेढ दशक लामो व्यवसायिक करियरको दौरानमा व्यवसायी माझ सरल, मिलनसार र सहयोगी व्यवसायिक पहिचान बनाउन सफल युवा व्यवसायी हुन,माधव खनाल । फेन्सी व्यवसाय,शिक्षा क्षेत्रसंगै सहकारी क्षेत्रमा आवद्ध व्यवसायी खनाल सफल व्यवसायीसंगै व्यवसायिक हकहितका साथै अन्य व्यवसायीका हरेक सुख-दुःखमा निरन्तर साथ दिदै आएका छन् ।

प्युठानको स्वर्गद्वारी नगरपालिकाम जन्मिएका खनाल करीब डेढ दशकदेखि व्यवसायमा संलग्न छन् । फेन्सी व्यवसायी खनाल २०६८ सालमा उद्योग बाणिज्य संघमा आवद्ध भएर व्यवसायसंगै आफू जस्ता व्यवसाहिक हकहितका लागि खट्दै आएका छन् ।

१० बर्षकाे उमेरमा २०५३ मा प्युठानबाट दाङ बसाइँसराई गरेर दाङको हापुरमा आएका खनालले करिब ६ बर्ष काठमाडौमा फेन्सी व्यवसाय गरेका थिए । काठमाडौंमा भन्दा आफ्नै ठाँउमा केही गर्नुपर्छ भनेर खनालले २०६८ सालदेखि घोराहीको बैंक रोडमा घोराहीमा व्यवसाय गर्दै आएका छन् ।

घोराहीमा व्यवसाय सुरुसंगै दाङ उद्योग बाणिज्य संघमा आवद्ध भएकाले त्यसयता निरन्तर व्यवसायिक हकहितका लागि आवाज उठाउदै आएका छन् । खनाल २०७१ सालमा उद्योग बाणिज्य संघअन्तर्गत रहेका बस्तुगत समितिमध्य फेन्सी ब्याबसायी समितिको सदस्यबाट व्यवसायिक राजनीतिमा आवद्ध भएका थिए।

त्यसपछि क्रमश सदस्यपछि सह-सचिव हुँदै सचिवसम्म पुगेका खनाल २०७७ सालमा पुस १३ गते भएको दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनबाट कार्यसमिति सदस्यमा निर्वाचित भएका थिए । फेन्सी व्यवसायसंगसंगै समग्र उद्योगी व्यवसायीहरुको छाता सस्थाका रुपमा रहेको दाङ जिल्ला उद्योग बाणिज्य संघमा लागेका खनालले यो बिचमा धेरै व्यवसायिक हकहितका लागि काम गरेका छन् । व्यवसायीलाई अप्ठ्यारो पर्दा जहिलेपनि फिल्ममा खटेर साथ दिएका खनालले यहि असोज १३ गतेका दिन हुन थालेको दाङ जिल्ला उद्योग बाणिज्य संघको निर्वाचनमा धेरै व्यवसायीको साथ आफुलाई भएको बताउँछन् । `निरन्तर व्यवसायसंगै व्यवसायिक हकहितमा लाग्दै आएकाले धेरै उद्योग तथा व्यवसायीहरुको मलाई साथ रहेको छ,उहाँको साथ र सहयोगले निर्वाचन जित्ने अपेक्षा गरेको छु ।´ खनाल यस पटक दाङ जिल्ला उद्योग बाणिज्य संघमा सहकोषाध्यक्षको उम्मेदवार बनेका छन् ।

फेन्सी व्यवसायीसंगै खनाल जिल्ला सहकारी संघ दाङकाे बरिष्ठ उपाध्यक्ष, कलश बचत तथा ऋण सहकारीको कार्यसमिति सदस्य तथा ऋण उप-समिति संयाेजक, सर्बाेत्तम बहुउद्देश्यीय सहकारी सघकाे नि-वर्तमान काेषाध्यक्ष साथै यहि संस्थाले हाल संचालन गरिरहेकाे सहकारी बजारको संचालन प्रमुख, शिक्षा क्षेत्रमा पनि सक्रिय रहेका उनी ज्याेतिपुञ्ज आ.मा.वि घाेराही र ज्याेतिपुञ्ज माेडल रामपुरकाे लगानीकर्ता तथा संचालक समिति सदस्य तथा निमार्ण उप-समिति संयाेजकलगायतका विभिन्न संघसस्थामा आवद्ध भएर व्यवसायिक हकहितमा लाग्दै आएका छन् ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad