Ad Area

घोराहीमा बधशाला निर्माणको काम अलपत्र


घोराही, ८ असोज । घोराहीमा मासु पसलहरुलाई व्यवस्थितसँगै एकद्धार प्रणालीबाट स्वच्छ र सफा मासु बिक्री वितरण गर्ने उद्देश्यले निर्माण सुरु भएको बधशाला अलपत्र परेको छ ।

आर्थिक २०७६÷०७७ मा गुरुयोजना बनेर अर्थिक बर्ष २०७७÷०७८ बाट निर्माण सुरु भएको बधशाला बजेट अभावका कारण निर्माणको काम ठप्प रहेको छ । घोराही उपमानगरपालिका–१४ कपासीस्थीत २२ कट्ठा जग्गामा निर्माण गर्न थालिएको बधशालाको काम अघि बढ्न नसकेको कपासी टोल विकास सस्थाका सचिव चन्द्र केसी बताउँछन् । बधशालासँगै टोल विकास सस्थाका लागि कार्यालय, खानेपानीलगायतका पूर्वाधारहरु निर्माण गरिदिने सहमति भएपनि अहिले बधशाला निर्माणको काम नै अलपत्र परेको सचिव केसीले बताए ।

सचिव केसी भने,‘बधशाला निर्माणसँगै कपासी टोललाई खानेपानीको व्यवस्था गर्ने, सस्थाका लागि भवन निर्माण गरिदिनेलगायतका सहमति भएका थिए, तर अहिले बधशाला निर्माणकै काम हुन सकेको छैन,जसले गर्दा दुई बर्षदेखि बधशाला निर्माणको काम अलपत्र परेको छ ।’ बजारमा छरिएर रहेका मासु पसलहरुलाई व्यवस्थीत गर्ने र उपभोक्तालाई स्वच्छ र सफा मासुको व्यवस्था गर्ने उद्देश्य अनुसार प्रदेश सरकारले घोराही उपमहानगरपालिकासँगको सहकार्यमा आव २०७७÷०७८ बाट बधशाला निर्माणको काम अघि बढेको थियो ।

जसअन्तर्गत बधशालाका लागि प्रशासनिक भवन, पशु चेकजाँच कक्ष र मासु विक्रीका लागि १० वटा सटरहरु निर्माण गरिएपनि बाँकी संरचनाहरु निर्माण हुन नसक्दा अलपत्र परेको छ । गुरुयोजना अनुसार बधशाला निर्माणका लागि करिव दश करोड रुपैँयाको स्टिमेट भएपनि अहिलेसम्म करिव तीन करोड रुपैयाँ बराबरको मात्रै काम भएको घोराही उपमहानगरपालिका सहरी विकास, पूर्वाधार तथा भवन मापदण्ड कार्यान्वयन महाशाखा प्रमुख इन्जिनियर युवराज पौडेल बताउँछन् । उनका अनुसार उक्त रकम प्रशासनिक भवन, पशु चेकजाँच कक्ष,मासु विक्री कक्षसँगै डिपिआर बनाउनमा खर्च भएको बताउँछन् ।

बधशाला निर्माणका लागि बजेट अभाव हुँदा दुई बर्षदेखि निर्माणको काम अघि बढ्न नसकेको महाशाखा प्रमुख पौडेलले बताए । महाशाखा प्रमुख पौडेलले भने,‘प्रदेश सरकारले तीन करोड रुपैया दिएपछि प्रशासनिक भवन, सटरलगायतका भवनहरु निर्माण भए,तर पानीका लागि डिपबोरिङ,ओभरहेड ट्याङकी,खसी,बाख्रा,कुखुरा,रागालगायतका राख्ने ठाउँलगायतका अन्य संरचनाहरु बनाउन बाँकी नै रहेका छन् ।’ प्रदेश सरकारबाट पहिलो बर्ष बजेट बिनियोजन भएपनि गतबर्ष र यो बर्ष बजेट नै बिनियोजन हुन नसकेको महाशाखा प्रमुख पौडेल बताउँछन् ।

तर घोराही उपमहानगरपालिका वडा नं. १४ का निवर्तमान वडा अध्यक्ष शक्तिराम डाँगी भने स्वामित्व लिएको उपमहानगरले बजेट व्यवस्थापन गरेर बधशाला निर्माणको कामलाई अघि बढाउँछन् । ‘आफ्नो क्षेत्रमा निर्माण हुन थालेको बधशालाप्रति उपमहानगरपालिकाले चासो दिने र बजेटको व्यवस्था गरेर निर्माणलाई अघि बढाउनुपर्छ’,डाँगीले भने,‘बजेटको अभाव भनेर निर्माणको कामलाई अलपत्र पार्ने काम गर्नुहुँदैन ।’

Blog Post Ad

दैनिक दुई हजारदेखि २५ सय केजीसम्म मासु खपत हुने घोराही बजारमा बधशाला नहुँदा मासुको बजार व्यवस्थित हुन नसकेको स्वयम व्यवसायीहरु बताउनुहुन्छ । जस्ले गर्दा व्यवसायीहरुले जहाँ पायो त्यँही राँगा र खसीबाख्रा काट्ने र विक्री गर्दा मासु बजार व्यवस्थीत हुन नसकेको महाशाखा प्रमुख पौडेल बताउँछन् । बधशाला निर्माणको काम रोल्पा निर्माण सेवा र लक्ष्मीपूजा कन्स्ट्रक्सनले गर्दै आएका छन् । बधशाला निर्माणका चालु आर्थिक बर्षमा घोराही उपमहानगरपालिकाले १५ लाख रुपैया बिनियोजन गरेको घोराही उपमहानगरपालिकाले जनाएको छ ।

Blog Post Ad Blog Post Ad