Ad Area

बस दुर्घटना हुँदा २७ जना घाइते


दाङ,९ असोज । दाङको अमिलियामा बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख लाल बहादुर श्रेष्ठले जानकारी दिएका छन ।

दुर्घटनामा परी बिरेन्द्र नगर नगरपालिका वडा नम्बर २ सुर्खेत बस्ने बर्ष ६८ कि गँगादेबी पुलामी र उनका छोरा खगेन्द्र पुलामी, गुलरिया नगरपालिका वडा नम्बर ६ बर्दिया निवासी बर्ष ३७ को तिलक सुनार, बिरेन्द्र नगर नगरपालिका वडा नम्बर ४ सुर्खेत बस्ने बर्ष १९ को पवन खड्का, सोही नगरपालिका वडा नम्बर १४ बस्ने बर्ष ३० का सुनाईल थापा गम्भीर घाईते भएका छन ।

काठमाण्डौबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश–०२–००१ ख–०३६२ नम्बरको यात्रुबाहक बस पूर्वपश्चिम राजमार्गको लमही नगरपालिका–९ अमिलियामा मंगलबार बिहान करिब साढे ६ बजेतिर दुर्घटना भएको हो । चालक फरार रहेको प्रहरीले जनाएको छ ।

बसमा करिब ३५ जना सवार रहेको अनुमान गरिएको छ । अन्य यात्रु सकुशल रहेको प्रहरीले बताएको छ । घाईतेहरुको उद्वार गरि हस्पिटल पठाईएको छ ।

Blog Post Ad Blog Post Ad