Ad Area

दाङ उवासंघको अध्यक्षमा वसन्त जोशी प्यानल विजयी  


दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्यक्षमा वसन्त जोशी निर्वाचित भएका छन् ।

संघको नयाँ नेतृत्वको लागि सनिवार भएको निर्वाचनमा वसन्त जोशीले १३४५ मत प्राप्त गर्दै बिजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्दी रामप्रसाद पोख्रेललाई ४३५ मतान्तरले पराजित गर्दै वसन्त जोशी विजयी भएका हुन् । साझा समावेशी व्यवसायी प्यानलबाट उम्मेदवार बनेका पोख्रेलले ९१० मत प्राप्त गरे ।

निर्वाचनमा १ उपाध्यक्ष बाहेक बसन्त जोशी संयुक्त व्यवसायीक प्यानललै निर्वाचित भएको छ । निर्वाचनमा संयुक्त व्यवसायीक प्यानल र साझा समावेशी प्यानल गरि दुई प्यानलबीच प्रतिस्पर्धा भएको थियो ।

सघंको वरिष्ठ उपाध्यक्षमा संयुक्त व्यवसायीक प्यानलका नरेशकुमार श्रेष्ठ र उद्योग उपाध्यक्षमा साझा समावेशी व्यावसायिक प्यानलका ध्रुवकुमार गहत्तराज निर्वाचित भएका छन् ।

बाणिज्य उपाध्यक्ष संयुक्त व्यवसायीक प्यानलका मालिलाराम खड्का, महासचिवमा महेन्द्र बुढाथोकी, सचिबमा विकास वली, कोषाध्यक्षमा जगत आचार्य, सह–कोषाध्यक्ष  माधब खनाल निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यमा बिक्रम राना, महिला सदस्यमा लिला नेपाली, बाणिज्य सदस्यहरुमा रुद्रबहादुर जैसी,दिपक पण्डित, निमबहादुर बुढाथोकी,  युवराज पन्त, रामप्रसाद पोख्रेल, पुष्कर राज न्यौपाने, नोर्वु तामाङ, सुरज बुढाथोकी निर्वाचित भएका छन ।

Blog Post Ad

कुल ३ हजार ३ सय ५८ मतदाता संख्या रहेकोमा उबासङ्ममा २ हजार ३ सय ५७ मत खसेको थियो । मत परिणाम आज बिहान सार्बजनिक भएको थियो ।

Blog Post Ad Blog Post Ad