Ad Area

सुर्खेत जादै गरेको बस दाङमा दुर्घटना, १४ जना घाइते


दाङ । दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् ।

पोखराबाट सुर्खेत जाँदै गरेको ग १ ख ८४८५ नम्बरको बस आज सोमवार विहान ५ बजे दुर्घटनामा परेको हो । पूर्व पश्चिम राजमार्ग अन्तर्गत लमही-४ बन गाउँको बबईसोता पुलको साइडमा दुर्घटना परेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लले जानकारी दिए । बस अनियन्त्रित भइ सडकदेखि १० मिटर तल खसेको उनले बताए ।

घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले चालक रामेछाप सुनपति गाउँपालिका-३ ३३ बर्षीय रामकृष्ण खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसमा १६ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad