Ad Area

राप्ती नदीमा बेपत्ता युवकको शव तीन दिनपछि फेला


दाङ । दाङको राप्ती नदीमा बगेर बेपत्ता भएका एक युवकको शव तीन दिन पछि फेला परेको छ।

गत शुक्रबार दिउँसो बजे राप्ती नदीमा माछा मार्ने क्रममा बगेर बेपत्ता भएका राप्ती गाउँपालिका-३ मसुरीयाका ३७ वर्षीय रामचरण चौधरीको शव आइतबार राती फेला परेको हो ।

इलाका प्रहरी कार्यालय, भालुवाङ, सशस्त्र प्रहरी बल २९ नम्बर हेट क्वाटर ज्वालामाई गण भालुवाङको टोलीले खोजतलास गर्ने क्रममा गएराति करिब २ बजे गढवा गाउँपालिका(१, जेठानगाउँको राप्ती नदीघाटमा चौधरीको शव फेला परेको गणका एसपी गोपाल श्रेष्ठले जानकारी दिए ।

चौधरीको शव पोष्टमार्टमका लागि घोराही पठाइएको छ ।

Blog Post Ad Blog Post Ad