Ad Area

ईलेक्ट्रिकल ११ लाई खसी,पदक बिजेता विशाल सम्मानित


लक्ष्मण बस्नेत
तुलसीपुर,१५ असोज । माध्यामिक विद्यालय तुलसीपुर सेन्टर ईन्ट्रा स्कुल खसी कप सेभेन ए साईट फुटबल प्रतियोगिता ईलेक्ट्रीकल कक्षा ११ ले जितेको छ ।

ईलेक्ट्रीकल ११ ले आयोजना गरेको प्रतियोगिताको फाईनलमा ईलेक्ट्रीकल कक्षा १२ लाई पेनाल्टी सुट आउटमा २ का बिरुद्ध ३ गोलले पराजित गर्दै ईलेक्ट्रीकल ११ ले खसी कप फुटबल जितेको हो । उसले २० हजार बराबरको खसी हात पार्‍यो ।

मावि सेन्टरको खेल मैदानमा भएको कडा प्रतिस्पर्धा अनि रोमाञ्चक खेलको निर्धारित समयसम्म गोल रहित बराबरी भएपछि नतिजा पेनाल्टी सुटआउटवाट निकालिएको बिद्यालयका खेलकुद शिक्षक दुर्गाराज लवटले जानकारी दिएका छन् ।

दुईदिनसम्म चलेको प्रतियोगितामा बिद्यालयका जनरल,आईटी,म्यानेजमेन्ट,जियोम्याटिक्स,ईलेक्ट्रीकललगाएतका दस टिमको सहभागिता रहेको थियो । यसैबिच मावि तुलसीपुर सेन्टरले यहि असोज १२ र १३ बुटवलमा सम्पन्न प्रथम लुम्बिनी प्रदेशस्तरीय खुला कराते प्रतियोगितामा कास्य पदक बिजेता खेलाडी विशाल जिसीलाई सम्मान गरेको छ ।

मावि तुलसीपुर सेन्टरमा अध्ययनरत बिशालले ५५ केजी तौल समूह कुमुतेतर्फ तेस्रो स्थान हात पारेका थिए । पछिल्लो समय बिद्यालयलाई खेलमैत्री बनाउन चासो र चिन्तनका साथ सशक्त लागि परेको मावि सेन्टरले खेलाडीलाई थप हौसला प्रदान गर्न बधाई तथा सम्मानका कार्यक्रम गर्ने गरेको बिद्यालयले जानकारी दिएको छ ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad