Ad Area

निर्वाचन क्षेत्र १ (ख)को सभापतिमा दिनेश गिरी बिजयी


दाङ,४ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिवार भएको निर्वाचनमा दाङ क्षेत्र नं. १ (ख) प्रदेशसभा सभापतिमा दिनेश गिरी बिजयी भएका छन् । निर्वाचनमा खसेको ३ सय ५ मत मध्य २ सय १९ मत ल्याएर प्रदेशसभा सभपातिमा गिरी बिजयी भएका हुन । उनका प्रतिद्वन्द्व दिवाकर योगीले ८१ मत मात्र प्राप्त गरेका थिए ।

निर्वाचनमा गिरी प्यानल नै बिजयी भएको हो । जस अनुसार उपसभापतिमा गोपाल नेपाली २११ र दामोदर पौडेलले २०४ मत ल्याएर बिजयी भएका छन् । ओमकार यादवले ८४ र हिमराज डिसीले ७९ मत ल्याएर उपभापतिमा पराजित भएका थिए ।

त्यस्तै सचिबमा लालबिर खड्काले १ सय ८९ र मंगलप्रसाद चौधरीले २ सय १८ मत प्राप्त गरी निर्वाचित भएका छन प्रतिद्वन्दी सुमित्रा विकले ७६ र रामप्रसाद चौधरीले ९० मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका अनुसार सहसचिवमा कुलबहादुर बुढा मगरले २ सय १४ र हुर्मतकुमार बोहराले १ सय ८७ मत प्राप्त गरि निर्वाचित भएका छन । सहसचिवमा मानबहादुर यादवले ७८ र महेशकुमार चौधरीले ९० मत प्राप्त गरी पराजित भएका हुन । कुल ३ सय १० मतदाता संख्या रहेकोमा ३ सय ५ मत खसेको र ४ मत बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

Blog Post Ad Blog Post Ad