Ad Area

व्यवसायी दुर्गा प्रसाईंमाथि अभद्र व्यवहार– दलियो मोसो


काठमाडौं,२२ असोज । व्यवसायी दुर्गा प्रसाईंमाथि काठमाडौंमा अभद्र व्यवहार भएको छ । उनले पत्रकार सम्मेलन गरेर बाहिरिने क्रममा उनीमाथि अभद्र व्यवहार गरिएको हो ।

काठमाडौंको एक होटलमा उनले सोमबार पत्रकार सम्मेलन गरेका थिए । त्यहाँबाट बाहिरिने क्रममा उनलाई मोसो दलिएको थियो । उनले नै यसअघि कालोमोसो अभियान चलाएका थिए । पत्रकार सम्मेलन सकिएपछि बाहिरिने क्रममा कालोमोसो दलिएको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अहिले प्रसाईंलाई दरबारमार्ग प्रहरी वृत्तमा राखिएको छ । काठमाडौं प्रहरी परिसरका एसपी कुमुध ढुंगेलले रेस्क्यु गरेर त्यहाँ राखिएको बताएका छन् । उनले कुन समूहले कालो मोसो दलेको भन्ने अहिलेसम्म पत्ता लाग्न नसकेको बताउँदै अनुसन्धान थालिएको जानकारी दिए ।

कार्यक्रम सकेर तल झर्दा दुर्व्यवहार गरिएको प्रसाईं निकट स्रोतले जानकारी दिएको छ । प्रसाईं निकट स्रोतले दिएको जानकारीअनुसार कुनै राजनीतिक दल नजिक रहेका कार्यकर्ताले मोसो फालेका हुन् । तर उनले अहिले नाम भने लिन चाहेनन् ।

Blog Post Ad Blog Post Ad