Ad Area

‘दसैं–तिहार लगत्तै चारलेन सडकको ठेक्का हुन्छ’


घोराही,२४ असोज । भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाले घोराही–तुलसीपुर चारलेन सडक दसैं–तिहार लगत्तैं ठेक्का लाग्ने बताएका छन् ।

नेकपा एकीकृत समाजवादी पार्टीको मेची–महाकाली समाजवाद जागरण अभियानका क्रममा घोराही आएका मन्त्री ज्वालाले अहिले सडक मर्मतको काम भइरहेको भन्दै चाडपर्व लगत्तै सडक निर्माणका लागि नयाँ टेण्डर हुन थालेको जानकारी दिएका हुन ।

‘घोराही–तुलसीपुर चारलेन सडक लामो समयदेखि बन्न सकेको छैन्, जनताले दुःख पाइराख्नुभएको छ । यसको अन्त्यका लागि पुरानो भारतीय ठेकेदारसँग सम्झौता रद्ध गरेर अहिले सडक मर्मतको काम भइरहेको छ’,मन्त्री ज्वालाले भने,‘अहिले मर्मत भइरहेको सडकले जनतालाई थोरै भएपनि राहत दिने छ । र, लगत्तै दसैं–तिहारपछि चारलेन सडक निर्माणका लागि नयाँ ठेक्काको टेण्डर हुँदैछ ।’

जिल्लाको विकास निर्माणका सवालमा चारलेन सडक महत्वपूर्ण रहेको भन्दै यो सडक निर्माणका लागि आफु प्रतिवद्ध रहेको बताएका थिए ।

Blog Post Ad Blog Post Ad