Ad Area

नमूना टोलमा नयाँ नेतृत्व चयन


तुलसीपुर,२७ असोज । नगर विकास नमूना टोल विकास संस्था तुलसीपुर उपमहानगरपालिका वडा न ९ को तेस्रो साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष बलिराम खत्रीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यता एवं तुलसीपुर उपमहानगरपालिका वडा न ९ का वडा अध्यक्ष घनश्याम ढकालको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

साधारणसभामा स्थानीय मुक्तिप्रसाद न्यौपाने, यमप्रसाद शर्मा, टोपबहादुर डाँगी,ओजबहादुर खडकालगायतले शुभकामना मन्तव्य राखेका थिए । उपाध्यक्ष टंकेश्वरी लामिछानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव पूर्ण भण्ठडारीले गरेका थिए ।

अधिवेशनले सर्वसहमतिमा नयाँ पदाधिकारी चयन गरेको छ। जसको अध्यक्षमा विष्णुप्रसाद लामिछाने, उपाध्यक्षमा सुशीला भण्डारी, सचिवमा बेदप्रकाश भट्टराई र कोषाध्यक्ष केसरी वली चयन भएकी छिन ।

Blog Post Ad Blog Post Ad