Ad Area

माओबादी पार्टीबाट मात्र परिवर्तन सम्भव : मौलाना मशहुद


कृष्णनगर, २७ असोज । नेकपा माओवादी केन्द्र कृष्णनगर नगरकमिटीले नेकपा एमाले पार्टी छोडेर नेकपा माओवादी प्रवेश गरेका संदीप मौर्य, शान्ति हरिजन तथा राम वेलास यादवलाई शनिवार नगर कमिटीको पूर्ण बैठक कार्यक्रममा सम्मान गरिएको छ।

नगर अध्यक्ष जाबेद आलम खांको अध्यक्षतामा भएको बैठकमा प्रमुख अतिथीमा माओवादी केन्द्रका कपिलवस्तु जिल्ला संयोजक बिष्णु बेल्बासे, विशिष्ट अतिथिमा शान्तिदेवी हरिजन, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य मौलाना मशहूद खां नेपाली, राजेन्द्र अचार्य, रामविलास यादवलगायत अन्य रहेका थिए।

कार्यक्रममा बोल्दै बिष्णु बेल्वासेले अहिलेको वर्तमान संविधान सबै जातजाती, धर्म समुदायको अधिकारलाई लिपिबद्ध गर्ने काम नेकपा माओवादीले गरेको यस्को रक्षा पनि माओबादीले गर्ने बताए।

कार्यक्रममा बोल्दै राजेन्द्र अचार्यले देशमा भएको ठूलाठूला भ्रष्टाचारको यो सरकारले विरोधी अभियान चलाएर ठूलाठूला लाई जेल तान्ने काम भएको छ। तथा नगरको आगामी कार्ययोजना बारे प्रकाश पार्नुभयो।

कार्यक्रममा बोल्दै शान्ति देवी हरिजनले मधेशी, महिला, दलित र मुस्लिमको अधिकार एमाले कांग्रेस जस्ता पार्टीले गर्न नसक्ने बताउदै माओबादी बाट मात्र सम्भव रहेको बताउनुभयो।
कार्यक्रममा बोल्दै राम विलास यादवले धेरै बर्ष एमालेमा रहेर जीवनमा गल्ती गरेको तथा अबको यात्रा जनताको साथ दिने माओवादी पार्टी संग रहने बताए।

कार्यक्रममा बोल्दै मौलाना मशहूद खां नेपालीले नेकपा एमाले पार्टी परित्याग गरि आएका नव आगन्तुक साथीलाई स्वागत गर्दै माओबादी पार्टीबाट मात्र परिवर्तन सम्भव रहेको तथा अबको अगामी दिनमा माओबादी केन्द्र पार्टी अझै जनताको मन जित्दैजाने बताए। कार्यक्रममा नगर कमिटी सदस्यलगायत पार्टी समर्थकहरूको उपस्थित रहेको थियो।

Blog Post Ad
Blog Post Ad Blog Post Ad