Ad Area

बर्दाघाट नगरपालिकाले चुम्यो तेस्रो सिटी कपको उपाधी


लक्ष्मण बस्नेत
दाङ,३० असोज । दाङको शान्तिनगरमा संचालित तेस्रो सिटी कप खुला पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता २०८० को उपाधी बर्दाघाट नगरपालिका नवलपरासीले जितेको छ ।

सिटी युथ क्लब शान्तिनगर ६ र ७ को आयोजनामा श्री शिव शक्ति मावि धनौरीको खेल मैदानमा संचालित प्रतियोगिताको मंगलबार सम्पन्न फाईनल खेलमा त्रिवेणी गाउँपालिका रोल्पालाई २५-१६,२५-१८ र २८-२६ को सोझो सेटमा पराजित गर्दै बर्दाघाटले उपाधी जितेको हो ।

उपाधीसंगै उसले नगद ८५ हजार, कप, मेडल प्रमाणपत्र हात पार्‍यो । फाईनलमा पराजित त्रिवेणी उपबिजेतामा सिमित रहदै नगद ५० हजार,कप,मेडल,प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो । त्यस्तै कालिमाटी गाउँपालिका सल्यान तृतीय भयो । उसले नगद २५ हजार,कप,मेडल प्रमाणपत्र हात पारेको प्रतियोगिता संचालन समितिका संयोजक आनन्द बुढाथोकीले जानकारी दिएका छन् ।

प्रतियोगिताको समापन समारोह क्लबका अध्यक्ष जितेन्द्र चौधरीको अध्यक्षतामा तथा शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रमको संचालन क्लबका सचिब खोपबहादुर बुढाथोकीले गरेका थिए । प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी मध्य व्यक्तिगत बिधातर्फ सर्वोउत्कृट खेलाडी बर्दाघाट नगरपालिकाका कमल गहतराज भए । उनले ट्रफी र नगद १ हजार ५ सय हात पारे ।

त्यस्तै वेस्ट स्पाईकर खुमबहादुर खत्री, वेस्ट सर्भर रेशम छन्त्याल , वेस्ट सेटर बालाराम गुरुङ, वेस्ट ब्लकर छवि गुरुङ, वेस्ट डिफेन्डर शिव पुन, वेस्ट कोच भिमबहादुर घर्तिमगर भए । सबैलाई जनही नगद ५ सय र ट्रफी प्रदान गरिएको थियो । तीन दिनसम्म संचालित प्रतियोगिता अवधिभर रेफ्रीको भुमिकामा राष्ट्रिय रेफ्री द्रोण चन्द रहेका थिए । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad