Ad Area

लमहीमा कृषि उपज केन्द्रको शिलान्यास


लमही,३ असोज । लमहीमा कृषि उपज संकलन केन्द्र तथा चिस्यान केन्द्रको शिलान्यास भएको छ । संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री डा बेदुराम भुसालले चिस्यान केन्द्रको शिलन्यास गर्नु भएको हो ।

कृषि उपज संकलन केन्द्र तथा चिस्यान केन्द्रको उद्घाटन गर्दै कृषि तथा पशु पंक्षी विकास मन्त्री डा बेदुराम भुसालले किसानद्वारा उत्पादित कृषि उपजलाई बजारीकरण गर्ने योजना अन्तर्गत सरकारले कृषि उपज संकलन केन्द्र तथा चिस्यान केन्द्र निर्माण गर्ने लक्ष्य लिएको बताउनुभयो ।

उहाँले बाझो जमिन उपयोग गर्ने सरकार नीति ल्याएको भन्दै त्यस्ता खाले जमिनलाई पनि सदुपयोग गर्न सबैभन्दा किसानलाई आग्रह गर्नु भएको छ । संघीय सरकारले रासायनिक मल नेपाल ल्याई दिने र पालिकाहरुको आवश्यकताका आधारमा किसानलाई मल उपलब्ध गराउनु पर्ने मन्त्री भुसालको भनाई थियो ।
दाङ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य तथा पूर्व शहरी विकास मन्त्री मेटमणी चौधरीले कृषि उपज संकलन तथा चिस्यान केन्द्रले किसानका समस्यामा कमि आउने बिश्वास व्यक्त गर्नुभयो । लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीको अध्यक्षता भएको थियो । लमही नगरपालिका वडा न. ५ का वडाअध्यक्ष ओमप्रसाद सुवेदीले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण लमही नगरपालिकाका प्रशासन शाखा प्रमुख महेश थापाले गर्नु भएको थियो ।

Blog Post Ad Blog Post Ad