Ad Area

महायज्ञमा दश लाख बढी आर्थिक संकलन


घोराही, ३ कार्तिक । घोराही उपमहानगरपालिका–१८ मा रहेको अम्विकेश्वरी मन्दिरमा सञ्चालित श्रीमद वाल्मिकी रामकथा नवाह महायज्ञ–२०८० मा दश लाख बढी आर्थिक संकलन भएको छ । महायज्ञ सञ्चालन भएको छैठौ दिनसम्म करिव दश लाख पाँच हजार दुई सय आठ रुपैयाँ बढी आर्थिक संकलन भएको महायज्ञका आर्थिक समिति संयोजक गोविन्द पौडेलले जानकारी दिएका छन् ।

नवदुर्गाको अवसरमा जिल्लाकै प्रशिद्ध धार्मिकस्थल अम्बिकेश्वरी मन्दिरकोे स्वागतद्वार तथा अन्य भौतिक संरचना निर्माणको सहयोगार्थ सञ्चालित श्रीमद वाल्मिकी रामकथा नवाह महायज्ञमा प्रवभनसँगै भजन किर्तनलगायतका कार्यहरु हुँदै आएका छन् । महायज्ञमा दिनहु नगद दानसँगै तुलादान,अन्नदानलगायत गर्ने व्यवस्था रहेको छ । घट्स्थापनादेखि सञ्चालित श्रीमद वाल्मिकी रामकथा नवाह महायज्ञको प्रमुख बाचकमा पण्डित कोमल उपाध्याय रहेका छन् ।

महायज्ञमा प्रवचनसँगै रामलिलामा आधारित कथालाई नाटकिय रूपमा प्रदर्शनसँगै महायज्ञमा प्रत्येक दिन साँझ गंगा आरती हुने गरेको श्रीमद वाल्मिकी रामकथा नवाह महायज्ञ–२०८० का संयोजक कुमुद पोख्रेलले जानकारी दिएका छन् । संयोजक पोख्रेलले महायज्ञमा कथाबाचन,राष्ट्रियस्तरमा कलाकारहरुद्वारा गरिने भजन किर्तन तथा देवलिला झाक्रीका साथै गंगा श्रृङ्गारिक आरतीमा सहभागी हुन समेत सवैमा आग्रह गरेका छन् । महायज्ञमा ब्रतबन्ध गर्ने समेत व्यवस्था गरिएको छ ।

Blog Post Ad Blog Post Ad