Ad Area

रोट्रयाक्टको उपहारले अनाथ बालबालिकाले दसैँ मनाउँदै


निरला अर्याल
तुलसीपुर,४ कार्तिक । जुम्ला जिल्लाका १३ वर्षीय विपना दास तुलसीपुर उपमहनगरपालिका १३ स्थीत माया सयदनमा बसेर कक्षा ८ मा पढ्दै छिन । सानो उमेरमा बुबाआमाको मृत्युपछि अभिभावक विहिन बनेकी दास अहिले तुलसीपुरमा रहेको माया सदनमा बसेर अध्ययन गर्दै आएकी छिन ।

अभिभावक विहिनसँगै आफन्तीदेखि टाढा रहेकी उनलाई बड़ादसैँको उमङ्गले छुन सकेको छैन । जसको मुख्य कारण हो,उनलाई दसैमा नयाँ कपडा वा मिठो खाने कुरा किनी दिने आफन्तहरु थिएनन् । जस्ले गर्दा निराश भएकी विपनालाई शनिबार रोट्रयाक क्लव अफ तुलसीपुरले बिपनाका लागि कपडा र सदनका लागि खाद्यान्न सहयोग गरेपछि भने खुसी भएको महसुस गरिन ।

रोट्रयाक क्लवले विपनाको लागि कुर्थी लेगिज र खाने कुरा दिएपछि साँच्चिकै दसैँ आएको महसुस भएको उनले बताइन । माया सदनले माया दिएर हुर्काएको विपनालाई रोट्रयाक्टलें दसैंमा उपहार दिएपछि खुसी भएको उनले बताइन । विपना जस्तै आमाबुबा विहिन बाजुराका खगेन्द्र गिरीको पनि खुसीको सीमा छैन् ।

सदनमा गएर क्लवले गिरीको लागि नयाँ कपडा, खाने कुरा दिएपछि आमाबुबा भएको जस्तै भएको आफुलाई महसुस भएको उनले बताए । सानो उमेरमा आमा बुबाको मृत्यु भएपछि विगत विगत ४ वर्षदेखि माया सदनमा बस्दै उनले कक्षा ७ मा अध्ययनरत रहेका छन् । परिवारमा आमा बुबाको निधनपछि चाडवाड आउँदा पनि आफुलाई खुसीले नछुने गरेको बताउँदै उनले अहिले दसैको मुखैमा रोट्रयाक्टको सहयोगले आफ्नै परिवारसँग भएको महसुस भएको बताए ।

अध्ययनका क्रममा रहेका उनले पछि आफु जस्तै दुखी गरिबको सेवाको काम गर्ने बारेमाा सोच भएको बताउँछन् । उनका ाअनुसार माया सदनमा २३ जना अनाथ बालबालिकाहरु बस्दै अध्ययन गरिरहेका छन् । माया सदनले आफुहरु जस्ता अनाथ बालबालिकाहरुको सुनौलो भविष्य कोरेको बताइन ।

अहिले सदनमा १५ जना किशोरी र ८ जना किशोर रहेका छन् भने सुस्त श्रवण भएका ६ जना बालबालिका रहेको सदनका इन्चार्ज हरिश पाण्डेले जानकारी दिएका छन् । स्थापना भएदेखि माया सदन दाङलगायत अन्य ७ जिल्लाहरूमा सेवा दिँदै आएको छ । आफू माया सदनबाट हुर्किएर अनाथहरुको सेवाको लागि समर्पित हुँदै आयको इन्चार्ज पाण्डेले बताउँछन् ।

Blog Post Ad

रोट्राक्ट क्लव अफ तुलसीपुरका अध्यक्ष ईनुप भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लब अफ तुलसीपुरका पूर्व अध्यक्ष बिमल रिजाल, रोट्राक्ट क्लव अफ तुलसीपुर पूर्व अध्यक्ष सँदिपन्न रिजाल, हेमराज बस्नेत, नेपाल रेड्क्रस सोसाइटी जिल्ला शाखा दाङका उपसभापति हरिहर पौडेललगायतकाले अनाथ, असाहय र निम्न वर्गहरूको लागि रोट्रयाक्ट हरपल तयार रहेको बताउँदै शुभकामना प्रदान गरेका थिए ।

रोट्राक्ट क्लव अफ तुलसीपुर उपाध्यक्ष आकाश सिंहको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण क्लबका महासचिव किरण पुनले गरेका थिए । क्लवले २३ जना बालबालिकाको लागि नयाँ कपडा, खाद्यान्न तथा मेडिकल किट प्रदान गरेको थियो । रोट्राक्ट क्लव अफ तुलसीपुरका सहसचिव प्रभास श्रेष्ठ, रोट्राक्ट क्लव अफ तुलसीपुर का पूर्व अध्यक्ष रुपेश शर्मालगायतकाले सौजन्यमा क्लवले अनाथ बलबालिकालाई सहयोग गरेको थियो ।

 

Blog Post Ad Blog Post Ad