Ad Area

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु


घोराही, ४ कार्तिक । दाङमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको बंगलाचुली गाउँपालिका वडा नं. ५ झेलखोला भन्ने स्थानमा रा १ ह २४०१ नम्वरको अटो दुर्घटना हुँदा सोही ठाउँ निवासी ५५ बर्षीया बिबा बुढामगरको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कमिरेचौरका प्रमुख प्रहरी सहायक निरिक्षक सहदेव योगीले जानकारी दिनुभएको छ ।

प्रहरी सहायक निरिक्षक योगीका अनुसार दुर्घटनामा बंगलाचुली गाउँपालिका वडा नम्वर ५ झेलखोल निवासी एकै परिवारका ३६ बर्षीय मतिराम बुढा, ३० बर्षीय ऋखिराम बुढा, ४० बर्षीय मानबहादुर बुढा र २६ बर्षीय हिरा बुढा घाईते हुनुभएको छ । घाईतेहरुको घोराहीस्थीत राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको उहाँले बताउनुभयो ।

झेलखोल गाउँबाट बंगलाचुली गाउँपालिका मुर्कुटी बजारतर्फ आउँदै गर्दा दिउँसो अटो दुर्घटनामा परेको प्रहरीले जानकारी दिनुभएको छ । अटो सडकबाट करिव एक किलोमिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । अटोका चालक प्युठान माण्डवी गाउँपालिका २ वडार निवासी ४० बर्षीय गेमबहादुर पुनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

Blog Post Ad Blog Post Ad