Ad Area

मामाघर आएकी बालिकाको पानीमा डुबेर मृत्यु


घोराही,५ कार्तिक । दाङमा मामा घर आएकी एक बालिकाको पानीमा डुबेर मृत्यु भएको छ । राजपुर गाउँपालिका–१ गुरुङखोला निवासी सुन्तली खड्काकी करीव ७ बर्षीया छोरी समिक्षा खड्काको पानीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता नवचन्द्र मल्लले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार समिक्षाको आइतवार तुलसीपुर उपमहानगरपालिका–७ र १६ को सिमानामा पर्ने ग्वारखोलाको मलवारे कुलोको बाँध नजिकै नदिजन्य पदार्थ उत्खनन गरेको खाल्डोको पानीमा डुवेर मृत्यु भएको हो । मृतक समिक्षा विद्यालय बन्द भएपछि ४÷५ दिनअघि राजपुरबाट मामा घर आउनुभएको थियो ।

प्रहरीका अनुसार मृतक समिक्षा साथीहरुसँग आइतवार दिउँसो करिब २ बजेतिर नुहाउन गएको समयमा खाल्डोमा डुवेर मृत्यु भएको हो । मृतकको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

Blog Post Ad Blog Post Ad