Ad Area

ब्राउनसुगर विक्रि गर्ने आमाछोरासहित चार जना पक्राउ


दाङ,५ मंसिर ।

लागुऔषध ब्राउनसुगर विक्रि वितरण गरेको आरोपमा प्रहरीले दाङको तुलसीपुरबाट आमाछोरासहित चार जनालाई पक्राउ गरेको छ । ब्राउनसुगर विक्रि भैरहेको छ भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले फरक फरक स्थानबाट शनिवार चार जनालाई पक्राउ गरेको हो ।
ब्राउनसुगरसहित पक्राउ परेका आमाछोरा तुलसीपुर क्षेत्रमा ब्राउनसुगुरको मुख्य कारोबारी भएको प्रहरीले दावी गरेको छ । तुलसीपुर उपमहानगरपालिका–६ बिद्युत पछाडी घरभइ हाल तुलसीपुर–५ मा रहेको माइतीघरमा बस्दै आएकी ३१ बर्षीया सुशीला श्रेष्ठ र उनका १९ बर्षीया छोरा रोहन श्रेष्ठलाई प्रहरीले शनिवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक मोहनजंग बुढाथापाले जानकारी दिएका छन् ।
उनका अनुसार प्रहरीले उनीहरुलाई ब्राउन सुगरका एक सय पुडियासहित पक्राउ गरेको थियो । ब्राउनसुगर पुडिया बनाइरहेको अवस्थामा प्रहरी उनीहरुको साथबाट ९९ वटा साना पुडिया र एउटा ठूलो पुडिया गरि एक सय पुडियासहित उनीहरुलाई नियन्त्रण लिएको हो । उक्त ब्राउन सुगर प्लाष्टिक हटाएर तौल गर्दा १९ ग्राम ७१० मिलीग्राम तौल रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी प्रहरीले शनिबार नै प्रहरीले तुलसीपुरबाट थप दुई जना युवालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ । प्रक्राउ पर्नेमा तुलसीपुर–५ बसपार्क निवासी २५ बर्षीया धिरज बुढाथोकी र बबई गाउँपालिका–४ घरभइ हाल तुलसीपुर–६ बरुवा गाउँमा कोठा भाडामा बस्ने २० बर्षीय प्रख्यात शाह रहेका छन्। प्रहरीले उनीहरुलाई लागुऔषध कारोवार गरिरहेको भन्ने गोप्य आधारमा पक्राउ गरेको प्रहरी निरीक्षक बुढाथापाले जानकारी दिएका छन् ।
प्रहरीले बुढाथोकीकोे साथबाट ५४० ग्राम र शाहको साथबाट २६० ग्राम ब्राउनसुगर पक्राउ गरेको छ ।

Blog Post Ad Blog Post Ad