Ad Area

पुरस्कार छनोटका लागि समिति गठन


दाङ, ५ मंसिर । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको तेस्रो बैठक घोराहीमा सम्पन्न भएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षतामा बसेको बैठकमा राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष पुरूषोत्तम खनाल र जिल्ला शाखा दाङका निवर्तमान अध्यक्ष एवं वर्तमान सल्लाहकार कमलमणि देवकोटाका साथै साहित्यकारहरू हरीप्रसाद पौडेल “स्वर्णशिखा” र विना रोकाको विशेष उपस्थिति रहेको थियो ।

बैठकमा यज्ञबहादुर बुढाथोकी स्मृति साहित्य ,कला, सङ्गीत प्रतिभा छनौट समितिमा जिल्ला शाखा दाङका पुर्व अध्यक्ष एवं वर्तमान सल्लाहकार डा लोकराज पराजुलीको संयोजकत्वमा सोही पुरस्कार बाट सम्मानित भई सक्नु भएका विश्व कीर्तीमानी संङ्गीतकार सन्तोष श्रेष्ठ र परिषद् जिल्ला शाखा दाङका उपाध्यक्ष शारदा शर्मा सदस्य रहेको तीन सदस्यीय प्रतिभा छनौट समितिको निर्णय गरिनुका साथै राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको कार्य समिति सदस्यमा साहित्यकारद्वय हरिप्रसाद पौडेल स्वर्णशिखा र विना रोकालाई सदस्यमा मनोनीत गरिएको छ ।

त्यसैगरि निमादेवी खनाल बाल कविता प्रतियोगिता –२०७८ सम्पन्न गर्न दाङका तिनै क्षेत्रमा संयोजक तोकिएको छ । जसमा घोराही क्षेत्रका लागि परिषद् दाङ शाखाका कोषाध्यक्ष यम रेग्मी, तुल्सीपुर क्षेत्रका लागि सदस्य विमला डाँगी “विकलता” र देउखुरी क्षेत्रका लागि सदस्य आर्शिष कल्पबृक्षलाई जिम्मेवारी दिने निर्णय समेत भएको परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरले जानकारी दिए ।

सो बैठकमा राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरले विषयवस्तुमाथि प्रवेशसहित बैठक सुभारम्भ भएको घोषणा गर्नु भएको थियो भने उपाध्यक्ष शारदा शर्माको स्वागत तथा कोषाध्यक्ष यम रेग्मीले आर्थिक र सदस्य विमला डाँगी विकलताले गतिविधि बारे जानकारी गराएका थिए । बैठकमा छलफल भएका प्रस्तावहरुको लिपिबद्ध परिषद् जिल्ला शाखा दाङका सचिव प्रकाश केसीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad