Ad Area

कोरियामा तेक्वान्दो खेलाडी बिष्ट सम्मानित 


काठमाडौं,१२ कार्तिक  । दाङकी तेक्वान्दो खेलाडी सुनिता बिष्ट कोरियामा सम्मानित भएकी छिन् ।

करातेका पूर्वखेलाडी आरके श्रेष्ठ पहारीले तेक्वान्दोका खेलाडीद्धय सुनिता विष्ट र सीता तामाङलाई सम्मान गरेका हुन् । लामो समयदेखि दक्षिण कोरियामा बसोबास गर्दै आएका पूर्वखेलाडी आरके, खेलप्रेमी विपिन गुरुङ र रविन खड्काले मुजुमा सुनिता र सीतालाई करिब १ लाख रुपैयाँसहित सम्मान गरेका थिए । आरकेले आफू पनि खेलाडी भएकाले उनीहरूलाई प्रोत्साहित गर्न सम्मान गरेको बताए ।

‘उहाँहरू तेक्वान्दोको मास्टर्स पनि हुनुहुन्छ । खेल्ने र खेलाउने दुवै गर्नुहुन्छ । त्यसैले पनि देशको खेल विकासमा काम गर्न अझै  प्रोत्साहन मिलोस् भनेर सम्मान गरेका हौं,’ पूर्वखेलाडी आरकेले भने ।सुनिता र सीता हाल दक्षिण कोरियाको मुजुमा प्रशिक्षणरत छन् । दुवै जना मुजुमा जारी ग्लोबल तेक्वान्दो मास्टर ट्रेनिङ कार्यक्रममा पछिल्लो तीन सातादेखि प्रशिक्षण गरिरहेका छन् ।

विश्व तेक्वान्दोको मुख्यालय कुकिवनको नीति तथा कार्यक्रमअनुसार जारी मास्टर ट्रेनिङमा विभिन्न देशका तेक्वान्दोका मास्टरले प्रशिक्षण गरिरहेका छन् । उक्त प्रशिक्षण कार्यक्रम आगामी अक्टोबर ३१मा सकिनेछ ।

Blog Post Ad Blog Post Ad