Ad Area

भवन निर्माणका लागि प्रतिष्ठानलाई एक लाख बढीको चेक हस्तान्तरण


दाङ, १२ कार्तिक । लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा दाङको भवन निर्माणका लागि राप्ती समाज युकेले एक लाख बढी सहयोग गरेको छ ।

लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा दाङले आइतवार घोराहीमा आयोजना गरेको कार्यक्रममा राप्ती समाज युकेका अध्यक्ष दिनेश खड्काले प्रतिष्ठानको भवन निर्माणका लागि एक लाख पाँच हजार छ सय रूपैयाँको चेक हस्तान्तरण गरेका हुन हुन । राप्ती समाज युकेले सस्थागत रुपमा संकलन गरेको रकम प्रतिष्ठान दाङ शाखा अध्यक्षलाई हस्तान्तरण गरेका हुन ।

कार्यक्रममा समाजका अध्यक्ष खड्काले दाङको कला संस्कृतिको विकासका लागि राप्ती समाज युकेले आयोजना गर्ने कार्यक्रममा राम्रो प्रतिभा भएका कलाकारहरुलाई प्रतिष्ठानसँगको समन्वयमा लैजाने समेत बताएका छन् ।

प्रतिष्ठानका दाङ जिल्ला अध्यक्ष राजेन्द्र दाहालको अध्यक्षता तथा राप्ती समाज युकेका अध्यक्ष दिनेश खड्को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङका सस्थापक अध्यक्ष प्रेमप्रकाश मल्ल, प्रतिष्ठानका पूर्व अध्यक्ष गजेन्द्र बहकरी, प्रतिष्ठानका सल्लाहकार खड्ग बुढाथोकी, गायक तथा संगीतकार राजेन्द्र श्रेष्ठ, लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय सदस्य प्रेम शर्मालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिष्ठानकी उपाध्यक्ष विमला खड्काको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव शिवराज बस्नेतले गरेका थिए । प्रतिष्ठानका जिल्ला अध्यक्ष दाहालले घोराही उपमहानगरपालिका–१३ मा निर्माणाधिन अवस्थामा रहेको लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा दाङको भवन निर्माणका लागि सहयोग गरिदिन सवै क्षेत्रसँग आग्रह समेत गरेका छन् ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad