Ad Area

प्रतिष्ठानको सौचालयबाट भाग्न खोजेका अभियुक्त पुनः पक्राउ


घोराही, १२ कात्तिक । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परिक्षण गर्न लगेको समयमा सौचालयबाट भागेका अभियुक्त पुनः पक्राउ परेका छन् ।

प्रतिष्ठानको सौचालयको झ्यालबाट भाग्नेमा घोराही उपमहानगरपालिका–१७ चौघेरा घरभई हाल घोराही उपमहानगरपालिका–१४ नयाँ बसपार्क बस्ने करिव १८ बर्षीय विवेक नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक जनकबहादुर मल्लले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार प्रहरीको हिरासतमा रहेका कैदी घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परिक्षणका लागि लगिएका अभियुक्त नेपाली आज विहान करिव ११ बजेतिर सौचालयको झ्यालबाट भागेका थिए । भागे लगत्तै प्रहरीले चौतर्फी घेरा हालेर प्रतिष्ठान नजिकै रहेको निमा हल पछाडीबाट नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक मल्ले जानकारी दिनुभयो ।

प्रहरी नायव उपरिक्षक मल्लले भन्नुभयो,‘आफु अस्वस्थ रहेको बताएपछि प्रहरीले आज घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको थियो । त्यस क्रममा सौचालय जाने बहाना बनाएर भाग्न खोजेका नेपालीलाई प्रहरीले पुनः नियन्त्रणमा लिएको हो ।’ प्रहरीका अनुसार नेपाली मोबाइल चोरी गरेको अभियोगमा तीन दिनअघि पक्राउ परेका थिए । प्रहरीका अनुसार नेपाली यसअघि पनि पटक पटक चोरी गरेको अभियोगमा पक्राउ पर्ने गरेका थिए ।

Blog Post Ad Blog Post Ad